Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् । आफ्नो पार्टीले निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको भनाइ छ । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । सत्तारुढ गठबन्धन र यसका नेताहरूले देशलाई दुगर्तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्याए ।सत्तारुढ गठबन्धनका आबद्ध…
काठमाडौं । निर्वाचन आयोगले साउन २२ गतेदेखि दल दर्ताको आह्वान गरेको छ। सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकैचरणमा गर्ने निर्णय गरेपछि आयोगले प्रक्रिया अगाडि बढाएको हो। आयोगको शुक्रबार बसेको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको छ। दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ। दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ।
काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका उनले जानकारी दिए । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल…
काठमाडौँ । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी अधिकृतको दरबन्दी दुई हजार दुई सय २७ छ । जसमध्ये आठ सय ८७ जना अर्थात् करिब ४० प्रतिशत पुरस्कृत भएका छन् । प्रहरीमा एक आइजिपी, नौ एआइजी, २७ डिआइजी, ७९ एसएसपी, एक सय ७० एसपी, चार सय ५३ डिएसपी तथा एक हजार चार सय ८८ इन्स्पेक्टरको दरबन्दी छ । गत वर्ष पाँच सय ४४ इन्स्पेक्टर, दुई सय १९ डिएसपी, ९४ एसपी, १५ एसएसपी, १३ डिआइजी तथा दुई एआइजी पुरस्कृत भएका थिए । इन्स्पेक्टरभन्दा तल्लो तहमा ७६ हजार चार सय ५० मध्ये चार हजार दुई सय ५९ अर्थात् ५.५७ प्रतिशत पुरस्कृत भएका छन् । तल्लो तहतर्फ तीन सय १० वरिष्ठ…
काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।
काठमाडौँ । बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समीर ओली, चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको साथबाट टाउकोदेखि पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा,…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (केभी)का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश: २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश १ का पहाडी जिल्लाहरुमा उत्पादित…
सुदुरपश्चिमको एकदमै प्रख्यात र सुन्दर पर्यटकीय क्षेत्र बडिमालीका। तस्विर साभार: माधव तिमिल्सेना फेसबुक पेज
पछिल्लो एक महिनायता ललितपुरमा ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगु फैलिएको हाे । कोभिड संक्रमणदरसँगै डेंगु पनि देखिएकाले स्वास्थ्यकर्मी परिचालन अपुग भएको छ । असार १५ यताको तथ्यांकअनुसार संक्रमितमध्ये ६१ जना महानगर र अन्य आठजना महालक्ष्मीका छन् । ललितपुर महानगरपालिकाको मानभवन, सानेपा, बागडोल, थसिखेल, महालक्ष्मीस्थान, पाटन, कुमारीपाटी, तिखेदेवल र महालक्ष्मी नगरपालिकाको इमाडोल र लुभु क्षेत्रमा डेंगु भेटिएको छ । यीमध्ये महानगरको वडा नम्बर ५ र १४ मा पर्ने थसिखेल र महालक्ष्मीस्थानमा मात्रै ४२ जना डेंगुका विरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले यस वर्ष सोचेभन्दा धेरै डेंगु फैलिएको बताए । अधिकारीहरूले आगामी दिनमा संक्रमितको संख्या…
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने निर्णय भएको छ । शुक्रबार बसेको माओवादी क्रान्तिकारी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ । बैठकपछि क्रान्तिकारी माओवादीका तर्फबाट वैद्य र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी एकता गर्ने निर्णयसहित संयोजन समिति गठन गरेको जानकारी दिएका हुन् ।