Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सधै सफा हुनुपर्ने बताए । उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि निर्देशन दिए ।
काठमाडौ । कोटेश्वरमा सडक छेउमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिका ४ घर भई भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षीया भूमिका आलेमगरको मृत्यु भएको हो। यस्तै मोटरसाइकल चालक नयाँथिमी बस्ने दोलखाका बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका हुन्। दुर्घटनामा चालक श्रेष्ठ र मोटरसाइकलकको पछाडि सवार आलेमगर घाइते भएका थिए। गम्भीर घाइते भएकी आले मगरको उपचारको क्रममा माइतीघरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो। चालक श्रेष्ठको भने बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। सडक छेउमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा श्रेष्ठले चलाएको बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल गएराति सवा…
काठमाडौं । सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न नहुने भनेर अमेरिकालाई गरेको पत्राचार सार्वजनिक गर्न नमिल्ने जिकिर गरेको छ । संघीय सांसद र संसदीय समितिले एसपिपीमा संलग्न नहुने पत्राचारको छाया–प्रति सार्वजनिक गर्न माग गरिरहेका वेला परराष्ट्र मन्त्रालयले कूटनीतिक पत्राचार संवेदनशील विषय भएकाले सार्वजनिक गर्न नमिल्ने जवाफ दिएको हो । केही दिनअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपी अस्वीकार्यबारे अमेरिकालाई पत्राचार गरेको जानकारी दिएका थिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक संवेदनशीलताका विषयलाई सूचनाको हकसम्बन्धी ऐनले नै गोप्य राख्न भनेको जिकिर गरिन् । उनले द्विपक्षीय कूटनीतिक नोट एकपक्षीय रूपमा सार्वजनिक गर्न नमिल्ने बताइन् । एसपिपीमा सहभागी नहुने मन्त्रिपरिषद्को ६ असारको निर्णयबारे…
काठमाडौँ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भइरहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार मेलम्ची नदी नाकोतेको जलसतह बढ्दो छ । सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन्। पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आज अगस्ट ६ ९शनिबार० मा हिरोसिमा घटना भएको ७५ पूरा हुन्छ। आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने छन्। भने सोही दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा…
काठमाडौँ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रिँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो । विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहोरको थुप्रो हुँदा समस्या आएको छ । यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविक बमोजिम फोहर व्यवस्थापन हुन नसक्दा मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ । यही साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम…
कैलाली । बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् । भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गरेका थिए । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा…
रामेछाप । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयका एक शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । मन्थली माविको सीटीईभीटी अन्तर्गतको विज्ञान विषय अध्यापन गराउने शिक्षक लोकबहादुर विष्टले सो विद्यालयमा अध्ययनरत एक छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।दोषी शिक्षकलाई कडा कारबाहीको माग गर्दै उनीहरुले शुक्रबार विद्यालयमा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले कक्षा कोठाका केही डेक्स बेञ्च समेत तोडफोड गरेका छन । विद्यालय समयमा विद्यालय परिसर भित्रै ती शिक्षकले बिहीबार तीन वर्षे सब ओभरसियरको प्रथम वर्षमा अध्ययनरत छात्रलाई गलत नियतले हातपात गरेको विद्यार्थीको आरोप छ । ती शिक्षकले यस अघि पनि…
काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन…
काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनी लेख्छिन् । ‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद…