Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
न्युयोर्क । हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नल एप्लाइड एण्ड इन्भाइरोमेन्टल माइक्रोबायोलोजीमा सार्वजनिक गरिएको थियो । अन्वेषकहरूले मासु र माछाका उत्पादनहरूलाई फ्रिज (४ डिग्री सेल्सियस) र फ्रिजरको तापक्रम (माइनस २० डिग्री सेल्सियस)मा भण्डारण गरेका थिए । अमेरिकाको क्याम्पबेल युनिभर्सिटीका सहायक प्राध्यापक एमिली एस बेलीले भने, ‘तपाईंले फ्रिजमा मासुलाई ३० दिनसम्म सुरक्षित राख्न सक्नुहुन्न, तर तपाईंले यसलाई लामो समयसम्म फ्रिजरमा राख्न सक्नुहुन्छ…
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालक समिति बैठकले १ जनवरी २०२३ देखि विमानस्थल सञ्चालन गर्ने मिति तोकेको हो । करिब पाँच महिनापछि विमानस्थल सञ्चालन गर्ने निर्णय गरे पनि जहाज उडान(अवतरणमा जोखिमपूर्ण मानिने रिट्ठेपानी डाँडो कटान र ल्यान्डफिल साइट हटाउने काम भने अझै सुरु भएको छैन । डाँडो कटान र ल्यान्डफिल साइट नहटाउँदासम्म उडान–अवतरण गर्न जोखिमपूर्ण रहेको क्यानकै प्राविधिक टोलीको अध्ययनले देखाएको छ । त्यस्तै, विमानस्थल सञ्चालनमा आउने टुङ्गो भइसक्दा पनि पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन । विमानस्थलछेवैमा ल्यान्डफिल साइट रहेका कारण चराचुरुङ्गी र जनावरहरू…
काठमाडौँ। रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् । यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । जिल्लाका रिक्त रहेका विद्यालयहरूमा उनीहरूलाई पुनर्बहालीको पत्रसहित पठाई सकिएको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका कार्यालय प्रमुख दुर्गाबहादुर खड्काले बताए । पुनर्बहाली हुने शिक्षकहरूमा निम्न माध्यमिक तहमा कुमार शाह र डम्बरबहादुर बुढामगर रहेका छन् । यसैगरि प्राथमिक तहमा केशबहादुर बाँठामगर,…
एजेन्सी । कोरोना भाइरस प्रकोप पुनः फैलिन थालेपछि स्थानीय प्रशासनले लकडाउन घोषणा गरेसँगै चीनको हेनान टापूपको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन् । सिएनएनका अनुसार पछिल्लो समय सो टापू र सहरमा कोरोना भाइरस तीव्रताका साथ फैलिरहेको छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय प्रशासनले लकडाउनका कडा उपायहरुको घोषणा गरेको छ । जसका कारण त्यहाँ घुम्न पुगेका संसारभरका ८० हजार पर्यटक अलपत्र परेका हुन् । यो क्षेत्रमा सार्वजनिक यातायात एकाएक बन्द गरिएको छ । यस्तै शहर भित्र मानिसहरूको आवागमनमा शनिबार बिहानैदेखि पूर्ण प्रतिबन्ध लागेको छ । अलपत्र परी यहाँ फसेका पर्यटकहरूले अब सात दिन बस्नुपर्छ र शहर छाड्नुअघि…
सुर्खेत । पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुईजना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका ७ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र झारखण्ड प्रदेशका ५५ वर्षीय पोगो साह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरूले सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँहरुमा गएर ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उनले बताएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्रका गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको…
काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरे । ‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउन आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सयजना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् । हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव…
२८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो, चीनतर्फ सून्य
काठमाडौं । चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले भने । रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान…
काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए । भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए । ‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’ मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा…
वैदेशिक रोजगार तालिममा लगानी गर्नुपर्ने ५ अर्ब ३५ करोड रकम बैंकमा थन्कियो, लाखौं कामदार विना तालिम खाडीमा
काठमाडौं । वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ । विना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो । आवश्यक सीपमूलक तालिम नपाउँदा केहीले त वैदेशिक रोगजागरीको सिलसिलामा ज्यानै समेत गुमाउने गरेका छन् । सीपमूलक तालिम नलिई वैदेशिक रोजगारीमा जानहरुले गन्तव्य मुलुकमा पुगेपछि अलपत्र परेको घटना दिनदिनै बाहिर आउने गर्छन् । यस्तै समस्याहरु सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३(१) मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने र त्यसको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्ने व्यवस्था गरेको थियो । तर,…