Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएको १५ प्रतिशतमा देखिएको हो। ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। तीन हजार ९१ जनाको पिसिआर र दुई हजार ९११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५४३३ जना सक्रिय संक्रमित छन्। ३०१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पाँच नेताहरूलाई देशद्रोहीको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जनविरोधी र देशद्रोही भएको ओलीले आरोप लगाएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा उनले सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दलहरूलाई एकतामा आउन आग्रह गरेका छन् भने गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मआलोचना गरेर आए सोच्ने बताए । ‘गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला…
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो। यो सँगै बेलका नगरपालिका १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले जानकारी दिए। अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए। सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम…
मुगु । सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो । ढुवानीकाे जिम्मेवारी पाएकाे रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएकाे २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नुन गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ । आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा…
काठमाडौँ । झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रूपमा भारत तर्फ लैजाँदै गरेको ३३५ केजी सुपारी बरामद भएको छ । अवैध रूपमा सुपारी चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाटै १६० केजी सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
केन्टुकी । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ । बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ । बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।
गैडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका(४ डुबानमा परेको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो । वर्षाको दीर्घकालिन निकास नहुँदा वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।
काठमाडौं । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ । यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पु(याउन सकिन्छ । दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले…
काठमाडौं । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन ९आईओसी०बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर आउँदा पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन । आईओसीले नेपाललाई विक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो तथा पन्ध्रौँ तारिखमा आईओसीले इन्धनको नयाँ मूल्य पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आईओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ।…
काठमाडौं ।पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार पोखरा विमानस्थलको रेकर्डमा १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। पोखरा विमानस्थलबाहेक लामापाटन, लामाचौर र मालेपाटनमा पनि वर्षाको रेकर्ड गरिन्छ। लामापाटनको रेकर्डमा भने यो अवधिमा ३३४ मिलिमिटर वर्षा भएको छ। ‘सबै ठाउँमा एकैनासको वर्षा हुँदैन। कतै धेरै त कतै थोरै पर्न सक्छ। लामापाटनमा बढी परेको रेकर्ड छ,’ अधिकारीले भने, ‘तर पोखरामा वर्षा मापन…