Author: सूचनापाना

काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ८ वर्षका छोरा आशिक र १३ वर्षकी छोरी आशिकाको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँथिन् । दिनेश र उनकी श्रीमती सुनिताबीच भने पारिवारिक झगडा हुने गरेको थियो । उनीहरु पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको बालाजु बृत्तमा पुगेका थिए । पछिल्लो समय भने सुनिता…

Read More

काठमाडौं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले यहाँ घटाएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि…

Read More

काठमाडौं — राजधानीको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको पुष्टि गरे । हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् । विस्तृत विवरण आउन बाँकी छ।

Read More

काठमाडौँ । गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पारित गरेको छ। प्रदेशभित्र सहरी एवं ग्रामीण बस्तीमा स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रूपमा खानेपानी आपूर्ति गरी जनस्वास्थ्यको रक्षा गर्न, सरसफाइको व्यवस्था गर्न, ढल निकास तथा फोहोर पानीको व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गर्न पाँच लाख रुपैयाँसम्म जरिवाना हुने गरी ऐन पारित भएको हो। ऐनमा ढल व्यवस्थापन, अनुमति नलिएरै सञ्चालन गरिने खानेपानी सेवा, विधेयक विरुद्धका काम, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य लगायतमा कडाइ गर्दै ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ। ऐनमा खानेपानीको पाइपबाट कुनै यन्त्र…

Read More

काठमाडौँ । अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ । सडक मर्मतको लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Read More

काठमाडौँ । कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक बिदा दिएको छ । साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कर्णाली प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी ९नाग पञ्चमी० मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधि राज न्यौपानेले बताए। मन्त्रालयद्वारा जारी सार्वजनिक बिदा सम्बन्धी सूचनामा भनिएको छ ‘मिति २०७९ साउन १७ गते मङ्गलवार साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।’

Read More

नेपालगञ्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती…

Read More

ललितपुर – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रिय सदस्यहरु सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ । उनीहरु बिरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्धा छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन…

Read More

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ुनेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकु प्रमाणित गरेका हुन् । विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ ।प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायब गरिएको दावी समेत गरे ।

Read More