Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बैतडी – आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं – परराष्ट्र मन्त्री डा नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् । ‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहान्छु,’ मन्त्री खड्काले संसद बैठकमा भने । सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर…
काठमाडौं – विवाह गरेको करिब एक महिनाको बीचमै बाँके कोलपुरकी एक युवतीले २ करोड ५० लाख रुपैयाँको जीवन बीमा रकम लिनका लागि आफ्नै पतिको सवारी दुर्घटना गराई हत्या गराएको पाइएको छ । गत वैशाख २ गते मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका ११ बस्ने सर्जन विकलाई मिनी बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । उक्त दुर्घटना बिमा रकम लिने उद्धेश्यले नियोजित रूपमा गराइएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीले उक्त हत्यामा संलग्न रहेको आरोपमा एक महिना अघि मात्र विवाह गरेकी मृतककी पत्नी २१ वर्षकी सपना मल्ल, स्याङ्जा वालिङ ६ घर भई हाल बाँकेले कोहलपुर ११ बस्ने ३१ वर्षीय सन्जीव अर्याल, कोलहपुर…
काठमाडौं । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन्। यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ। नेपालस्थित अमेरिकी राजदूतावासले दिएको सूचनाअनुसार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस विषयमा परराष्ट्रले औपचारिक जानकारी नगराए पनि मन्त्रालय स्रोतले शुक्रबार मध्याह्न ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेछन्। अमेरिकी राजदूतावासका अनुसार लु तीन सदस्यीय टोलीसहित चार्टर्ड विमानमार्फत भारत हुँदै काठमाडौं आएका हुन्। लुको नियमित भ्रमण भएको राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यो समाचार अन्नपूर्ण…
काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारीसाधन धुने प्रयोजनसहित दर्जनौं योजनामा बजेट विनियोजन गरेको छ । कामपाले चालु आर्थिक वर्षमा विषादी छर्न ५० लाख रुपियाँको ड्रोन खरिद गर्ने भएको छ । वातावरण र कृषि विभागको बजेटमा ड्रोन खरिद गर्ने विषय उल्लेख गरेको छ । त्यसै गरी फोहोर खसालेपछि सफा सवारीसाधनलाई सिसडोल हुँदै काठमाडौं प्रवेश गर्न दिने गरी वासिङ सेन्टर निर्माण गर्न लागेको हो । त्यसका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । महानगरले सो क्षेत्रमा २५ करोडभन्दा बढी रकम छुट्टयाएको पुस्तकमा उल्लेख छ । झण्डै डेढ दर्जन बढी शीर्षकमा बजेट विनियोजन गरेको…
अप्सरा बोहरा,लमजुङ । लमजुङमा एक वर्षको बीचमा ३८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार पुरुष २३, महिला १०, १ जना बालक र बालिका ४ जना गरी ३८ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए । आत्महत्या गर्नेमा ४६ देखि ६० वर्ष उमेर समुहका व्यक्तीहरु बढी पाईएको छ भने आत्महत्या गर्नेमा १३ वर्षकी बालिकादेखि ६८ वर्षका पुरुष समेत रहेका छन् । आत्महत्याका कारण अशिक्षा, गरिबी, डिप्रेसन, पारिवारिक विचलन, दीर्घरोगी लगायतका कारण रहेको प्रहरी निरीक्षक तथा सुचना अधिकारी रेग्मीले बताए । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ३५ जनाले…
रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका २ बिद्यार्थीले एसईई परिक्षाको नतिजामा ४ जिपिए ल्याएका छन् । सुनापति गाउँपालिकाको वेथान डहु स्थित मावि डहुका विद्यार्थीले सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि पढाईमा कम हुँदैनन भन्ने प्रमाणित गरेका छन् । विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङका अनुसार सो विद्यालयका छात्र प्रतिक थिङ र राजन लामाले ४ जीपए प्राप्त गरेका हुन् । यसैगरी सोही विद्यालयका अर्का छात्रा उद्गम बलले ३.९६ जीपीए प्राप्त गरे । १२ जनाले ३।६ देखि ४ जीपीए प्राप्त गरी ए प्लस प्राप्त गरेका छन् । त्यस्तै १२ जनाले ३.२ देखि ३.५ जीपीए प्राप्त गरी ए डिभिजन प्राप्त गरेका छन् ।…
रामेछाप । नेपाली कांग्रेस रामेछापको विवाद पार्टी केन्द्रमा पुगेको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामले पार्टी विधान विपरीत मनलाग्दी गरेको र पार्टी नेताहरूलाई अपमानित गर्ने गरेको भन्दै उनको बर्खास्तीको निवेदन पार्टी केन्द्रमा पुगेको हो । पार्टि सभापती तामाङ एकलौटी ढंगबाट चलेको र पार्टिका नेता तथा कार्यकर्ताको व्यवास्था गर्दै अलोकतान्त्रिक र अराजनीतीक ढंगले चलेको कार्वापत्रमा उल्लेख छ । रामेछाका अधिकांश नेताहरुले १९ वटा सभापतीको कम्जोरी सहित बुधबार केन्द्रिय कार्यालय पुगेका हुन् । १४ औं अधिबेशनबाट सभापती भए संगै सभापती तामाङले म सभापती हुँ म जे बोल्छु त्यो पार्टिको बिधान हो भन्दै सम्पुर्ण पार्टिको संरचना ध्वस्त बनाएको कांग्रेस नेताहरुले आरोप समेत…
काठमाडौँ । नेपाल(बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बङ्गलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो । दुईदिन चल्ने बैठकमा जलश्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ। बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बङ्गलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् । बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसम सम्बन्धी तथ्याङ्कहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।