Author: सूचनापाना

रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका २ बिद्यार्थीले एसईई परिक्षाको नतिजामा ४ जिपिए ल्याएका छन् । सुनापति गाउँपालिकाको वेथान डहु स्थित मावि डहुका विद्यार्थीले सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि पढाईमा कम हुँदैनन भन्ने प्रमाणित गरेका छन् । विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङका अनुसार सो विद्यालयका छात्र प्रतिक थिङ र राजन लामाले ४ जीपए प्राप्त गरेका हुन् । यसैगरी सोही विद्यालयका अर्का छात्रा उद्गम बलले ३.९६ जीपीए प्राप्त गरे । १२ जनाले ३।६ देखि ४ जीपीए प्राप्त गरी ए प्लस प्राप्त गरेका छन् । त्यस्तै १२ जनाले ३.२ देखि ३.५ जीपीए प्राप्त गरी ए डिभिजन प्राप्त गरेका छन् ।…

Read More

रामेछाप । नेपाली कांग्रेस रामेछापको विवाद पार्टी केन्द्रमा पुगेको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामले पार्टी विधान विपरीत मनलाग्दी गरेको र पार्टी नेताहरूलाई अपमानित गर्ने गरेको भन्दै उनको बर्खास्तीको निवेदन पार्टी केन्द्रमा पुगेको हो । पार्टि सभापती तामाङ एकलौटी ढंगबाट चलेको र पार्टिका नेता तथा कार्यकर्ताको व्यवास्था गर्दै अलोकतान्त्रिक र अराजनीतीक ढंगले चलेको कार्वापत्रमा उल्लेख छ । रामेछाका अधिकांश नेताहरुले १९ वटा सभापतीको कम्जोरी सहित बुधबार केन्द्रिय कार्यालय पुगेका हुन् । १४ औं अधिबेशनबाट सभापती भए संगै सभापती तामाङले म सभापती हुँ म जे बोल्छु त्यो पार्टिको बिधान हो भन्दै सम्पुर्ण पार्टिको संरचना ध्वस्त बनाएको कांग्रेस नेताहरुले आरोप समेत…

Read More

काठमाडौँ । नेपाल(बङ्गलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बङ्गलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो । दुईदिन चल्ने बैठकमा जलश्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ। बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बङ्गलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् । बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसम सम्बन्धी तथ्याङ्कहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली काँग्रेससँगै सहकार्य हुने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन । प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुङ्गिएको बताएका थिए । ‘गठबन्धनभित्रै वामपन्थीहरूको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुङ्गिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए । पोलिटब्युरो समितिका नाम…

Read More

सप्तरी । महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख इसरत परवीनले विजेता टोलीका खेलाडीहरूलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्रसहित सम्मान गरेकी हुन्। सम्मानीत हुनेहरूमा सप्तरी टिमका कप्तान महबुब आलम, राहुल मण्डल, अभिशेक कार्की, रोहित सिंह, अमित यादव, निरज यादव तथा राज बर्मा रहेका छन्। यसैबीच उपप्रमुख परविनले सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित अध्यक्ष निरज सिंहसहितका पदाधिकारीहरूलाई समेत प्रमाणपत्र प्रदान गरी सम्मान गरिएकी हुन्। गत असार १७ गतेदेखि २० गतेसम्म बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण…

Read More

प्योङयाङ । उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो । प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपूर्व संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । यस वर्ष उसले ३१ ओटा परीक्षण गरिसकेको छ ।  यो…

Read More

मनिला । भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन् ।  अब्रा प्रान्तमा बुधबार बिहान ७ दशमलब १ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका थिए । शक्तिशाली भूकम्पका कारण राजधानी मनिलाबाट सयौं किलोमिटर टाढा अब्राका भवनहरू भत्किएका छन् भने र अग्ला टावर लडेका छन् । प्रभावित क्षेत्रका केही स्थानमा पहिरो समेत गएको छ ।

Read More

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई तेस्रो खेलमा समेत पराजित गर्दै भ्रमण टोली भारतले तीन एकदिवसीय खेलको श्रृंखलामा क्लिन स्विप गरेको छ ।  बुधबार राति भएको खेलमा वेष्ट इन्डिजलाई वर्षाका कारण खेल हुन नसकेपछि लुइस डकवर्थ पद्धतीमा ११९ रनले हराउँदै भारतले तीन एक दिवसीय खेलको शृंखला ३-० ले क्लिनस्विप गरेको हो । वर्षाका कारण खेल ३६ ओभरमा घटाइएको थियो । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ३६ ओभरमा तीन विकेट क्षतीमा २२५ रनको योगफल तयार पार्‍याे । भारतका ओपनर सुभमन गिलले अविजित ९८ रन जोडे । यस्तै, शिखर धवनले ५८ र श्रेयसले ४४ रन जोडे । तर, वेस्ट इन्डिजले ब्याटिङ सुरु गर्न अघि…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ । महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टाराईले बताए । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो । आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म…

Read More

जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् । जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिए । मन्त्री बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए । मन्त्री बडूले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए ।  उद्योग मन्त्री बडुले देश आयातमा…

Read More