Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो । व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडाैंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडाैं जाने छ । काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका छ । विमानमा दुई सेट प्राविधिक छन् । हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए । २८ वैशाखमा भारतीय सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर…
काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि बुधबार पनि संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू हुनुपूर्व अधिवक्ता पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएका थिए । कतिपय विपक्षी निकायलाई म्याद नै जारी नभएको तथा लिखित जवाफसमेत नआएकाले म्याद जारी हुनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता पन्तले माग गरेका थिए। त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संवैधानिक निकायमा बस्नेहरूलाई आफ्नो सुनुवाइको मौका दिनुपर्छ भनेपछि बुधबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् । उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।
काठमाडौं – न्याय परिषद्ले २७ जना जना न्यायाधीशको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गरि योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन परिषद्ले आव्हान गरेको हो । संविधानको धारा (४) को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुकले न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिम स्वघोषणा समेत संलग्न गरी आवेदन दिन परिषद्ले आग्रह गरेको छ । कानुन व्यवसायीमध्येबाट आवेदन दिने व्यक्तिले निर्देशिकाको दफा ५ को उपदफा २ (ग) बमोजिमको प्रक्रिया पूरा गरेको हुनुपर्ने न्याय परिषदले जनाएको छ ।
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ। बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो। बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस पल्टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ। बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ। अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्। उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। ट्याक्सी चालक हेटौँडाका २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक…
काठमाडौं । न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो। जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् । 1658838228सरुवा-जिल्ला-न्यायाधीश-२०७९।४।१०-1Download
काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी पदभार ग्रहणका लागि बोर्डको कार्यालय पुगेका छन् । कार्यालयमा उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । यसको आधिकारिक जानकारी हिजो गराइएपछि उनले आज पदभार ग्रहण गर्न लागेका हुन् । बोर्ड प्रवेश गर्दा कर्मचारीहरूले खादा र माला लगाइदिएका थिए । त्यस अवसरमा बाक्लो संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री सशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् । सरकारी सेवाबाट दुई वर्ष अघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट ‘नक्कली’ अनुभवपत्र बनाउन लगाएर नियुक्त गरेपछि उनको आलोचना भएको छ । मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका भनिएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा चलाएकाे थियाे ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर सङ्कलन गर्ने भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरु गरिने भएको हो। ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ’, महानगरद्वारा जारी सूचनामा भनिएको छ। उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो। त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल…
काठमाडौं । सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् । १७ साउनभित्र आवेदन दिनुपर्नेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो…