Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
अछाम – तुर्माखाँद गाउँपालिका–२ भुलु बस्ने अम्मर बिष्टको घर गएराति पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्टको भाइ २६ वर्षीय वीरेन्द्र बिष्टसहित तीन जना रहेका छन् । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रहफ, प्रहरी चौकी तुर्माखाद र प्रहरी चौकी पाल्तडा दैलेखबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए । ‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । यसर्थ आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन । नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो ।’ सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए । विधेयकमा केही कमीकमजोरी भए पछि संशोधन गर्दै जानुपर्ने…
चितवन । घरायसी विवादमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घरबाट भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० रमाइलोचोकस्थित आफ्नै घरमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्यलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलामाथिबाट श्रीमान् ४३ वर्षीय कृष्णप्रसाद आचार्य हामफालेका थिए। घरबाट हामफालेका कृष्णप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। शनिबार राति करिब १०ः२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस…
भारतको राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए । कार्यक्रममा मुर्मूको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो । ६४ वर्षीय मुर्मू भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।
काठमाण्डौ । सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदको गणना गर्दा गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो । धेरैजसो सांसदले विधेयकको विषयमा आफ्ना कुरा राखेपछि बैठक स्थलबाट बाहिरिएका थिए । केही सांसद भने हाजिर गरेर हिँडेका संसद् सचिवालयले जनाएको छ । विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नभएको दाबीसहित गणना गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुख सापकोटाले सांसदको सङ्ख्या गणना गर्न लगाउँदा गणपूरक सङ्ख्या अर्थात् ६९ जना सांसद पनि बैठकमा…
बुटवल । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो । ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सातजना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ । तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट…
सुनसरी । प्रहरीले सुनसरीबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। धनकुटाका सहिदभूमि गाउँपालिका-२ का २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका अनुसार प्रहरीले राईलाई गाँजासहित पूर्व–पश्चिम राजमार्गको इनरुवाबाट नियन्त्रणमा लिएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२६ नम्बरको पिकअपलाई शंका लागि चेकजाँच गरिएको थियो। चेकजाँच गर्ने क्रममा ७ वटा बोरामा २०८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३ हजार ८८८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएका हुन् । मन्त्रालयका अनुसार उक्त अवधिमा ९५ जना कोरोनामुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ पुगेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ७८ हजार २ सय २८ जनाले कोरोनाविरुद्धको खोप…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। क्याबिनेटले एसपिपीमा सहभागी नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दबाब दिएका हुन्। आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिन अघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताए। अध्यक्ष नेपालले सोसम्बन्धी पत्राचार छिटो अमेरिकालाई पठाउन…
काठमाडौँ । संसदीय छानबिन समितिको आज (आइतबार) बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने भएको छ । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय भएको बताए । अर्थ मन्त्रालयभन्दा गेटमा लामो समय फुटेज रहने भएकाले नै समिति फुटेज मगाएको स्रोतले बतायो ।