Author: सूचनापाना

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३ हजार ८८८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएका हुन् । मन्त्रालयका अनुसार उक्त अवधिमा ९५ जना कोरोनामुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ पुगेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ७८ हजार २ सय २८ जनाले कोरोनाविरुद्धको खोप…

Read More

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। क्याबिनेटले एसपिपीमा सहभागी नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दबाब दिएका हुन्। आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिन अघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताए। अध्यक्ष नेपालले सोसम्बन्धी पत्राचार छिटो अमेरिकालाई पठाउन…

Read More

काठमाडौँ । संसदीय छानबिन समितिको आज (आइतबार) बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने भएको छ । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय भएको बताए । अर्थ मन्त्रालयभन्दा गेटमा लामो समय फुटेज रहने भएकाले नै समिति फुटेज मगाएको स्रोतले बतायो ।

Read More

भक्तपुर – भक्तपुरको सल्लाघारीमा रूख ढलेर च्याप्दा तीनजनाको मृत्यु भएको छ । घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएको अनुमान छ। रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो। साथै स्कुटरमाथि च्याप्दा स्कुटरमा बसेका एक जनाको मृत्यु भएको हो। ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीनजनाको मृत्यु र एक दर्जन भन्दा बढी घाइते भएका छन् । उनका अनुसार मृतक र घाइतेहरुको नाम आउन बाँकी नै छ। काठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्बर को मिनिबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए।…

Read More

काठमाडौं – झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । कचनकवल गाउँपालिका ५ मा आज बिहान एउटै रूखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीहरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् । हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७:३० बजे झुन्डिएको अवस्थामा फेला परेको…

Read More

काठमाडौं । अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री मूल्य १२८ रुपैयाँ ०८ पैसा छ ।   नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा सार्वजनिक गरेकाे विनिमयदर अनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ, ४२ पैसा, बिक्रीमा १३० रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५३ पैसा, सिंगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९२ रुपैइाँ १० पैसा तोकिएको छ । जापनिज येनको खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन…

Read More

काठमाडौँ । सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

Read More

कोलकाता । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन् । राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो । आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन् । नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कंग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरिएको थियो । तर, अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ‘पार्थ चटर्जीलाई रातभरको सोधपुछ पछि गिरफ्तार गरिएको थियो । सोधपुछको क्रममा चटर्जीले असहजताको गुनासो गरेपछि अनुसन्धानकर्ताहरूले ल्याएका दुई डाक्टरहरूले उनको स्वास्थ्य जाँच…

Read More

सिन्धुपाल्गचोक । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ। मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन्। हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाए पनि राति पानीका कारण बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ। अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ। जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले निदाउन पाएका छैनन्। ‘बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ’, हेलम्बु…

Read More

काठमाडौं । नेपाल प्रहरीमा एक हजार ७०८ प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहतर्फको रिक्त रहेकामध्ये एक हजार ७०८ जना प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका हुन् । बढुवाद्वारा पूर्ति गर्न शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी जवान पदमा रहेको उनीहरुलाई प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको हो । समूहतर्फका प्रहरी जवानहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 243_civil_pc_to_ahc_20790406-2Download

Read More