Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरूले आज बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालय अगाडि कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरू घाइते भएका थिए । गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था सङ्कटपूर्ण अवस्थामा पुगेको, उनको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै काँग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनहरूले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै आएका छन् । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ, नेकपा माओवादी केन्द्रको…
काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरू सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । फोहोर मैला ढुवानीका साधनहरुले तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले एक हप्तासम्म फोहोर मैला ढुवानीका साधन सन्चालन नगरिदिन आग्रह गरेको हो । फोहोर बोकेका गाडी आवतजावत गरिरहने हुँदा सडक निर्माण हुन नसकेकाले गाडी रोक्न आग्रह गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए । यसअघि विभागले असार १७ गते र १९ गते सहजीकरण गरिदिन महानगरपालिकालाई भनेको…
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आइसियुमा छन् । मंगलबार थपिएसँगै…
सुर्खेत । कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरीदिएका छन् । कर्णालीका दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।कालीकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले पनि करारका कर्मचारी हटाएका छन् । दैलेख गुराँस गाउँपालिका दैलेखको गत २९ असारमा बसेको १०साैँ गाउँसभाले समेत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । सोही कारण गुराँस गाउँपालिका दैलेखको अवस्था असामान्य बनेको छ । गत ३१ असार शुक्रबार भएको झडपमा कार्यालय तोडफोड, केही प्रहरी घाइते हुनुका साथै दुई जनालाई गोली लागेको छ । ११ असारमा कालीकोटको…
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच आज ९मंगलबार० मन्त्रालयमा छलफल भएको थियो । छलफलमा यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सहमति भएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए । ‘निजी तथा मेडिकल कलेजबाट स्वास्थ्य बिमा कार्यक्रम हटाइँदाका असर र निरन्तरता दिँदाको फाइदाबारे हामीले मन्त्रीज्यूलाई स्पष्ट पारेका छौँ,’ डा। उप्रेतीले भने, ‘निजीबाट सेवालाई निरन्तरता दिने प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लैजाने सहमति भएको छ । सकारात्मक निर्णयको अपेक्षामा छौँ ।’ चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट…
काठमाडौं । हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी र प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गर्ने गरेका थिए । उनीहरुले ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको…
काठमाडौं । मुख्य ल्यान्डिङ गियरको पाङ्ग्रा समयमै नफेर्दा नेपाल वायुसेवा निगमको १:२५ बजे उड्नुपर्ने वाइडबडी विमानको दिल्लीको उडान अनिश्चित भएको छ । आज (मंगलबार) दिउँसो विमानस्थलमा रहेका एक यात्रुले २ सय ५० जना यात्रुलाई निगमले बोर्डिङ पास दिइसकेको तर जहाज पार्किङवेमा नदेखेको बताए । ‘हामीले सोध्दा निगमका कर्मचारीले जहाज ह्याङ्गरमा रहेको बताए,’ दिल्ली जाँदै गरेका ती यात्रुले भने, ‘इन्जिनियरले पाङ्ग्रा फेरेपछि जहाज उड्ने भनिएको छ ।’ निगम प्रवक्ता अर्चना खड्काले आरए २१७ नम्बरको उक्त उडान रद्द नगरिएको र मंगलबार नै दिल्ली जाने बताइन । उक्त उडानमा दिल्लीबाट २ सय ६ जना यात्रु नेपाल आउँदै छन् । निगमलाई पाङ्ग्रा उपलब्ध गराउँदै…
काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विज प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । ६ साउनदेखि ६ भदौसम्म भिडियो पोस्ट गरिसक्नु पर्नेछ । विजेताले डेढ लाख नगद पाउनेछन् । दोस्रो हुने दुई जनाले प्रतिव्यक्ति एक लाख नगद पाउनेछन् । यस्तै तेस्रो हुने तीन जनाले प्रतिव्यक्ति ७५ हजार पाउनेछन् भने चौँथो हुने चार जनाले ४० हजार र पाचौं हुने पाँच जनाले ३० हजारका दरले पुरस्कार पाउने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट भिडियो छनौट गर्दा ३० प्रतिशत लाइकलाई,…
लमजुङ । लमजुङका आठ स्थानीय तहमा २१ करोडभन्दा बढी रकम बेरुजु देखिइकाे छ । आर्थिक वर्ष ०७७/७८ मा कार्यान्वयनमा रहेको सात अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखाइएको हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा बेरुजु छ । मर्स्याङ्दी गाउँपालिकामा मात्रै पाँच दशमलव ३२ प्रतिशत रकम अर्थात् तीन करोड ८८ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा सो बाहेक मध्यनेपाल नगरपालिकामा तीन दशमलव ६६ प्रतिशत रकम बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको रकममध्ये मध्यनेपालमा तीन करोड ७७ लाख २३ हजार रुपैयाँ बेरुजु…
काठमाडौं । मौसमविद्हरूले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। उनीहरूले केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्। जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागमा तापक्रम बढेर अत्यधिक गर्मी हुनु स्वाभाविक रहेको बताइन्। उनले मनसुन न्यूनचापीय रेखा १/२ दिनभित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताइन्। ‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्यधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ। यो दुईवटा लगभग रिलेटेड जस्तै भन्नुपर्छु, उनले भनिन्, ‘वर्षा हुने बित्तिकै शीतल हुने, पानी…