Author: सूचनापाना

काठमाडौं । रुपन्देही, कैलाली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।  रूपन्देहीको देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय सुमन थापाको आइतबार मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने ९ वर्षीया आयुशा ठकुल्लाको घर नजिकै रहेको कटनी नदीमा डुबेर आइतबार मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ पिपलडाँडा बस्ने नवराज शर्माकी छोरी एक वर्षीया अर्जिका शर्माको आल्मुनियमको बाल्टीमा डुबेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा भाडा–वर्तन…

Read More

बुटवल । बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर ठिएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारवाही होस्,’ उनले भने । तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ…

Read More

लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्ण बहादुर अधिकारीले बताए ।   रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर अवरुद्ध भएकाे हो । पहिरोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ । डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्षसमेत पहिरो गएपछि वैकल्पिक रूपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन…

Read More

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले यस अवधिमा यात्रुहरूबाट ४८० किलो अवैध सुन बरामद भएको बताएका हुन् । १३ मंसिरदेखि सुरु गरिएको यस्तो कडाइका क्रममा सुरुवाती दिनमा दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेकोमा अहिले दैनिक एक किलो हाराहारीमा झरेको भट्टराईले बताए । कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा…

Read More

काठमाडौँ । लागू ‌औषध नियन्त्रण ब्युरोले ४ केजी हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । दुई जना विदेशी र एक नेपाली महिला उक्त हेरोइनसहित पक्राउ परेका हुन् । ब्युरो स्रोतका अनुसार उक्त हेरोइन विदेशबाट भित्र्याइएको हो । बरामद हेरोइन भारत लैजाने क्रममा रहेको र गोप्य सूचनाका आधारमा भारत पुग्नुअघि नै प्रहरीले काठमाडौँबाट बरामद गरेको हो । यस सम्बन्धमा केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने ब्युरोले जनाएको छ । यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले नै बरामद गरेको थियो । प्रहरीले जेठ २६ देखि ३१ गतेसम्मको विशेष अपरेसनमा ब्युरोले २९ वर्षीया…

Read More

काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

Read More

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् । उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको भन्दै सरकारले सो ऋण रकम उपलब्ध गराएको हो । पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समयोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ भने अनुदा स्वरूप उद्योग मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री कार्कीले जानकारी दिए ।

Read More

काठमाडौं । सरकारले १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ १४ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे आइतबार जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले आयातमा गरिएको कडाइलाई निरन्तरता दिइएको बताए । यस्तै, सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका इन्जिनियर सतिस कुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच–पाँच लाख उपलब्ध गराउने पनि निर्णय गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १ . राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने । २ .…

Read More

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।  २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।  प्राप्त बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।  बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ३९.८ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको पहिलो १० महिनामा बैदेशिक सहायता प्रतिबद्धतामा १०.६ प्रतिशतले वृद्धि भएको छ ।…

Read More

न्युयोर्क । अमेरिकी तल्लाे सदन हाउस अफ रिप्रिजेन्टेटिभले  गर्भपतनमा पहुँचको सुरक्षा गर्ने उद्देश्यले दुईवटा विद्येयकहरू पारित गरेको छ । केही साताअघि सर्वोच्च अदालतले राज्यहरूले गर्भपतन प्रक्रियालाई प्रतिबन्ध लगाउन सक्ने फैसला गरेपछि चौतर्फी विरोध भइरहेका बेला अमेरिकी विद्येयक पारित भएका हुन् । डेमोक्र्याटिकको बर्चश्व रहेको तल्लो सदनले पारित गरेको विद्येयक माथिल्लो सदन सिनेटबाट अनुमोदन हुन् भने जटिल छ । विद्येयक अनुमोदन गर्न सिनेटमा १० रिपब्लिकन भोट आवश्यक पर्दछ । ‘केवल तीन साताघि सर्वोच्च अदालतले रो भी वेडलाई उल्टाएर मौलिक अधिकारमा खलल पुर्‍यायो’, गर्भपतनमा कानुनी पहुँच राख्ने ऐतिहासिक मुद्दालाई उल्लेख गर्दै तल्लो सदनकी सभामुख  न्यान्सी पेलोसीले भनिन् ‘महिलाको प्रजनन स्वतन्त्रताको रक्षा गर्न हामी थप कदम…

Read More