Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ र ८ का नागरिकहरूले सस्तोमा पानी खुवाउनेलाई स्थानिय तहमा भोट दिने बताएका छन् । रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितिले वितरण गर्दै आएको पानीको महशुल महङ्गो भएको भन्दै उपभोक्ताले भोट चाहिए पानीको महशुल घटाउन आग्रह गरेका हुन् ।रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले नागरिकलाई वितरण गर्दै आएको खानेपानीको महशुल धेरै महङ्गो भएको गुनासो उपभोक्ताहरूले गर्दै आएका थिए । उपभोक्ता समितिले उपभोक्तालाई परेको मर्काको कुनै वास्ता नगरेकोले अब सस्तोमा पानी अनि मात्रै भोटको विकल्प खोजिएको स्थानिय राजन महतारा बताउँछन् । महतारा भन्छन् – ५ सय लिटर पानी पनि आउँदैन । चर्को महशुल…
रामेछाप । स्थानिय तहहरूले मनपरि औषधी खरिद गर्दै अनियमितता गर्दै आएको पाईएको छ । सरकारले निःशुल्क रुपमा दिदै आएको मातृ–शिशु स्वास्थ्यमा प्रयोग हुने जीवनरक्षक औषधीहरू महङ्गो तथा फरक–फरक मूल्यमा खरिद गर्दै स्थानिय तहले अनियमितता गर्दै आएका छन् ।त्यी औषधि मध्ये मिसोप्रोस्टोल, अक्सिटोसिन र म्याग्नेसियम सल्फेट खरिद गर्दा स्थानिय तह अन्तर्गतका स्वास्थ्य शाखाका कर्मचारीहरुले आफूखुसी बढि मूल्यमा खरिद गरेका छन् । प्रदेश सरकारले खरिद गर्दा अक्सिटोसिन इन्जेक्सन ९ रुपैयाँ प्रति गोटा, म्याग्नेसिमय सल्फेट इन्जेक्सन १५ रुपैयाँ प्रति गोटा र मिसोप्रोस्टोल चक्की ३ रुपैयाँ ७५ पैसा प्रति चक्की मूल्यमा खरिद गर्दै आए पनि रामेछापको स्थानियतहहरूले भने चर्को मुल्यमा खरिद गरेको देखाएका छन्…
भरतपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले पाए भुइँकटहर
चितवनको भरतपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह पाएका छन् ।भरतपुरमा गठबन्धनको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । गठबन्धनलाई चुनौती दिँदै चितवनका असन्तुष्ट काँग्रेसले उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो । शनिवार निर्वाचन आयोगले उनलाई भूइँकटहर चुनाव चिन्ह दिएको हो
रामेछापमा चुनाव प्रचारप्रसारको क्रम बढेको छ । उम्मेद्वारहरू कार्यकर्ताको साथमा घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोग गर्दै चुनावी अभियानमा लागेको छ ।रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका अन्य दलहरू पनि चुनाव प्रचारप्रसारमा व्यस्त छन। अहिले भोट माग्न गरिएको समय खर्च पहिले देखि नै नागरिकहरूका लागि खर्चेको भए राम्रो हुने पत्रकार महासंघ रामेछापका अध्यक्ष बताउछन् । उनि भन्छन् – नागरिकलाई अफ्ठेरो परेको बेला सकेको सहयोग गर्ने र विकासमुखि नेतृत्व चुन्न नागरिकहरूले सिकिसकेकाछन् । यो प्रचार त विधि पुर्याउन गरिएको मात्र हो ।
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको भागमा ‘लौरो’ चुनाव चिन्ह परेको छ । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय सभागृह पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन् ।
रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीका नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश पुरीले आफु निर्वाचित भए कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका छन् ।पुरीले आफु वडाध्यक्षमा जीते आफ्नो वडालाई समृद्ध बनाउने प्रतिवद्धता ब्यक्त गरेका हुन् । आफनो प्रतिवद्धता पत्र सार्वजनीक गर्दै पुरीले भनेका छन् चिसापानी धर्म संस्कार संस्कृती र भुगोलले सम्पन्न हुदा हुदै पनी यस अघिका जन प्रतिनिधीका कारण गाउँको समृद्धिमा बाधा पुगेको पनि पुरिले बताएका छन् । लिखित प्रतिबद्धता मार्फत आफ्ना भावि कार्ययोजना अगाडि सार्दै वडाध्यक्षका उम्मेद्वार पुरीले आफु विजयी भए त्यस बापत पाउने सरकारी सुविधा लगायतको कुनै पनि रकम नलिने भन्दै त्यस वापत आउने रकम वडाका दलित तथा…
रामेछाप । मन्थली नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनाबी तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेल (रामहरी)लाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो । तालमेलको सहमती भएसंगै शुक्रबार दिउँसो माओवादीबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठ, सहित खुल्ला सदस्य मिन प्रसाद घिमिरे र महिला सदस्य कमला पाख्रिनले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै कांग्रेसबाट खुल्ला सदस्यको उम्मेद्वार बनेका रत्न बहादुर श्रेष्ठ र दलित महिला सदस्यको उम्मेद्वार मिश्रा रसाइलीले समेत उम्मेद्वारी फिर्ता लिएका छन् ।…
काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनः रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत छ दिनदेखि सडकमै फोहर रोकिएको छ । अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता…
पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् । उनी पनि कांग्रेसकै नेता हुन् । अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् ।
हुम्ला । हुम्लामा सातवटा स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । ती स्थानीय तहका कार्यकारी पद अध्यक्ष, उपाअध्यक्ष र वडाध्यक्षको उम्मेदवारमा दलित समुदायको प्रतिनिधित्व शून्य देखिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गर्दा दलित नेतृत्व सहज रूपमा स्वीकार नगरिएकाले उम्मेदवारी दर्ता शून्य देखिएको हो । जिल्लामा क्रियाशील कुनै पनि दलले दलित अध्यक्ष, उपअध्यक्ष र वडाध्यक्षजस्ता कार्यकारी पदमा टिकट दिएनन् । ताजाकोट गाउँपालिकामा मात्र गठबन्धनबाट वडाध्यक्ष एकजना र स्वतन्त्र एकजना, सिमकोट गाउँपालिका-५ मा एकजना, सर्केगाड गाउँपालिकामा उपध्यक्षमा एकजनाको उम्मेदवारी दर्ता भएको छ । अन्यि ठाउँमा भने दलित समुदायबाट उम्मेदवार शून्य देखिएको छ । माओवादी केन्द्र,…