Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । भक्तपुरमा ८४ वर्षका वृद्धको जलेर मृत्यु भएको छ। शनिबार बिहान चाँगुनारायण नगरपालिका २ दुवाकोट फोकसिङटारका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। उनका अनुसार तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि माथिको भाग जलिसकेको अवस्थामा वृद्धको शव भेटिएको हो। शिल्पकार हिँड्डुल गर्न नसक्ने भएकाले भुइँतलामा एक्ले बस्थे। उनका छोरा बुहारी माथिल्लो तलामा बस्ने गरेका प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाईएको डिएसपी पाण्डेले बताए।
पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ । तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ । ‘प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन्…
विरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रिय सदस्यसहित ६९ जनाले सो पार्टी परित्याग गरेका छन । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रिय सदस्यद्धय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् । विरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन । ‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाएको…
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी भनिएका गर्भनर अधिकारी नै भएको दावी गर्दै पदमुक्तको माग गरेको हो । नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी एम अधिकारीको नामबाट नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यको रुपमा कार्यरत रहेको समाचारहरू सार्वजनिक भएको छ । वाईसीएलले भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा राष्ट्र बैंकको गर्भनर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने ब्यवस्था मात्रै छैन, दफा २२ (५)…
ललितपुर । ललितपुरको ठेचोमा हरेक १२ वर्षमा मनाइने नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख दिएको छ । शनिबार आयोजित कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेला व्यवस्थापन समितिलाई चेक हस्तान्तरण गरेका हुन् । नवदुर्गा नाच वाङ्य कमिटी अध्यक्ष प्रशान्त मालीले गोदावरी नगरपालिकाले उपलब्ध गराएको रकमले १२ वर्षे मेला सञ्चालन गर्न सहज हुने बताए । उनले भने, ‘हाम्रो न्युनतम आकलनअनुसार अझैं २६ लाख पुग्दैन । सहयोग जुटाउने कोसिस गर्दैछौं ।’नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाउँ सफासुग्घर राख्न आग्रह गरे । नगरपालिकाको १२ नम्बरका वडाध्यक्ष जगतबहादुर महर्जनले विभिन्न कमिटी बनाएर जात्राको तयारीमा लाग्न…
काठमाडौं । शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवा बिच भेटघाट भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो । शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवा बिच भेटवार्ता भएको थियो ।
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन । ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’
काठमाडौं । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिवार दिनभर ब्यस्त रहने भएका छन । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नडडाको निमन्त्रणमा शुक्रवार दिल्ली पुगेका प्रचण्डले बिदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता देखी एक सेमिनारमा प्रमुख बक्ताको रुपमा सम्वोधन गर्नेछन । शनिवार सुरुमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने प्रचण्डले लगत्तै बिदेश मन्त्री एस जयशंकरसँग द्धि–पक्षीय वार्ता गर्नेछन भने सो लगत्तै बिदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्नेछन । सो भेटवार्ता पछि फाउन्डेसन फर पब्लिक अवरनेस एन्ड पोलिसी नामक संस्थाद्धारा आयोजित सेमिनारमा प्रमुख बक्ताको रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ, जसमा उनले…
काठमाडाैं । मोरङको विराटनगरस्थित जिल्ला कारागारका १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई कोशी कोभिड अस्पताल भर्ना गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उनीहरुलाई आजै कोभिड अस्पताल भर्ना गरिएको हो । ‘कारागारको अवस्था खराब भयो, कारागारका कतिपय कोठाहरू आइसोलेट गर्ने तयारी भएको छ,’ दाहालले भने, ‘संक्रमित भएको हुनसक्ने अन्य कैदी बन्दीहरुको कोभिड परीक्षणका लागि महानगरपालिकाले ५० वटा किट लिएर गएको छ ।’ कारागारका एक कैदीको भने अत्याधिक ज्वरोको कारण मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण हो कि होइन भन्ने विषय अझै पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कारागारमा रहेका ३९ वर्षीय कैदी नीरबहादुर…
काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ। ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको र बाँकी रहेको १० किलो ९७६ ग्राम रिङ बनाइ जलहरीमा लगाएको उल्लेख…