Author: सूचनापाना

माले । देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए । राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् ।

Read More

काठमाडौं । परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा उक्त अनियमिता औंल्याएको छ ।  महालेखाले गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणमा ४० वटा नियोगलाई समेटेको छ जसमा ३० दूतावास, ७ महाबाणिज्यदूतावास र ३ स्थायी नियोग छन् ।  महालेखाको प्रतिवेदनअनुसार सो आर्थिक वर्ष परराष्ट्रले नियोगहरुलाई ४ अर्ब २५ करोड १ लाख रुपैयाँ निकासा गरेको थियो । निकासा गरेकोमध्ये ४ अर्ब २३ करोड ९६ लाख रुपैयाँ खर्च भएको विवरण परराष्ट्रले बुझाएको थियो । तर नियोगहरुले पेस गरेको वित्तीय विवरणमा ३ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । ‘नियोगमा…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन् । २०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उनले भने, ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न स्थिति होला कि नहोला भन्ने प्रश्न पनि छ ।’ यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने उनले बताए ।

Read More

काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ । भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।

Read More

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो । सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

Read More

लन्डन । बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । टापु देश श्रीलंकाले गम्भीर आर्थिक संकट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्नलगायतका आधारभूत आवश्यकतको अभाव छ । प्रदर्शनकारीले कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघेको राजीनामा माग गर्दै बुधबार विशाल प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक विद्यार्थीको मृत्यु भएको छ । केही प्रदर्शनकारी प्रहरीको घेरा तोडेर प्रधानमन्त्रीको निवासमा पुगेका थिए । तर, प्रधानमन्त्री निवासमा छैनन्…

Read More

काठमाडौं । प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।  उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडेका छन् । बुधबार र बिहीबारका लागि तय भएका कार्यक्रमहरूमा उनले उपस्थित नहुने जानकारी गराएका हुन् । तर कारणबारे भने उनले नखुलाएको आयोजकहरूले बताएका छन् । बुधबार चार्टर एकाउन्टेन्टहरूको संस्था ए क्यानले मौद्रिक नीतिको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । तर कार्यक्रममा उनी सहभागी भएनन् । कार्यक्रममा उनको सट्टामा राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भए । बिहीबारका लागि तय भएको मौद्रिक नीतिको बहस कार्यक्रममा पनि सहभागी नहुने जानकारी उनले आयोजकलाई गराएका छन् । गभर्नर अधिकारी कार्यक्रममा सहभागी…

Read More

वाग्मती । वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो । बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संसोधन) अध्यादेश २०७८, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संसोधन) अध्यादेश तथा प्रदेश युवा परिषद् (पहिलो संशोधन) अध्यादेश पारित गरेको हो ।

Read More

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलोपटक प्रदेशसभाकाे राेष्ट्रममा उभिएर जवाफ दिएका छन् । मन्त्री र सरकारलाई गाली गरेर सधैँ चर्चामा आइरहने मनाङे पहिलो पटक आफ्नो मन्त्रालयलाई उठेको प्रश्नमाथि जवाफ दिन रोष्ट्रम पुगेका हुन् । तर, उनले रोष्ट्रममा पुगेर पनि सांसदहरूले उठाएको प्रश्न बाहिर सोध्न भनेका छन् । ‘प्रश्नहरू सजिलो छ, तर मलाई प्रश्न गर्नेभन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ आफ्नो जिल्लामा खेलकुदको बजेट नपरेको गुनासो सांसदहरूले राखेपछि जवाफ दिँदै उनले भने, ‘मैले पनि शिक्षा मन्त्रालयबाट २ शीर्षकमा २५ लाख पाएको छु । वन, कृषि मन्त्रालयबाट एक रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ ?…

Read More