Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृहसचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ ।…
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले सर्वसाधारणलाई पायक पर्ने स्थानमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताएकी हुन् । ‘रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्छ’ राष्ट्रपति भण्डारीले भनिन् । नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा राखेको भन्दै उनले त्यस अनुसार सेवा दिन राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्नुका साथै पूर्वाधार विकास गर्नुपर्ने बताइन् ।…
काठमाडौं । नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठान सकेको छैन । प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकप्टर तथा जहाज चार्टर गरे वापत उठाउन बाँकी रकम अहिले १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०३४/३५ देखि २०७७/७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको उल्लेख गरिएकाे छ । ‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७/७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४/३५ देखि २०७६/७७ सम्मको १ करोड १८ लाख ३५…
काठमाडौं । पछिल्लो तीन महिनाको अविधिमा नेपालमा विपद्का घटनामा परी १२३ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको हो । पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावहुरी र जनावरको आक्रमण लगायतका घटनामा परी उनीहरुको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त अवधिमा नेपालमा १ हजार ९८ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा ३०७ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् । बितेको तीन महिनामा विपद्का घटनामा परी १ हजार ४१८ परिवार प्रभावित भएको…
काठमाडौं । काठमाडौं, चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नागर्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुर महानगरपालिका–१० स्याउली बजारस्थित सडकमा बा.१३ च २३७१ नम्बरको कारले प्रदेश ३–०१–२२ च ७५५४ नम्बरको भ्यानलाई शनिबार ठक्कर…
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । यादवको साथबाट ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् । गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन् । भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणमा गएका हुन् । प्रचण्डसँग शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका थिए । प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच सम्भवतः आजै भेटवार्ता हुने बताइए पनि भेट्ने नभेट्ने निश्चित छैन । प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम…
काठमाडौं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो । जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयको सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५०…
सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । धरपक्कडका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दाबी गर्दै अधिकारीलाई बर्खास्त गर्न केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेकाे छ। राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भइरहेका हुन् । एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गभर्नर अधिकारी…