Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरु, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरु, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।
स्पेनमा केही समय यतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ। मन्त्रालयले देशको तापक्रम ४५ डिग्री सेल्सियस सम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन। देशमा जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र १५० जनाको ज्यान गएको जनाएको छ। त्यसयता पनि तातो हावाको असरले…
मुगु । रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ । चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फुलको भूमिका पनि कम छैन । रारालाई सुन्दर बनाउने यी फुल पछिल्लो समय मुस्किलले देखिने गरेका छन् । केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फुलहरू पछिल्लो समय बिस्तारैबिस्तारै देखिन छाडेका छन् । यसरी फुलहरू हराउँदा राराको सौन्दर्य नै खस्किने पो हो की भनेर पर्यटकहरूले चिन्ता जताउन थालेका छन् । विभिन्न रंगीबिरंगी फुलले फुलबारी जस्तै बन्ने रारा परिसर दोस्रो तेस्रो…
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले संघीय संसद सचिवालयमा लाखौं रुपैयाँको बेरुजु रहेको देखाएको छ । कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु देखाएको हो । सचिवालयको यो वर्ष २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको थियो । जसमध्ये, प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २ करोड १० लाख ५८ हजार फस्र्यौट भएको थियो । प्रतिवेदनअनुसार अझै २२ लाख ९१ हजार रुपैयाँ बेरुजु बाँकी छ । सोमध्ये ५ लाख ६१ हजार म्याद नाघेको पेश्की छ । नेपालको संविधानको धारा ८३ मा दुई सदनसहित एक संघीय संसद रहने र धारा १०७ मा संघीय संसदको…
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । भट्टराईले आफू जसपाबाट अलग भए पनि सत्तारुढ गठबन्धनमै रहेको बताएका छन् । मंगलबार नै प्रचण्ड र बाबुरामसँगै नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको टिप्पणी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले मन्त्री हेरफेरका कारण ढिलाइ पनि भएको बताए । संसद् विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको उनले बताए । सभामुख सापकोटाले केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको बताए । उनले भने, ‘यो बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो योग्यताको परख गर्ने वातावरण बनेको थिएन ।’ नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेको पनि…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक विरामी परेपछि आज लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले न्युज कारखानासँग कुराकानी गर्दै आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौं,’ राईले भने । साधारणसभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो । पहिलो बैठक एजेन्डाविना बोलाएर…
काठमाडौँ । आर्थिक वर्ष २०७८-७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७-७८ बाट सरेर आएका हुन् । हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौँको संख्यामा उजुरी पर्ने गर्छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा ४ हजार ४९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए । गत वर्ष हुलाक सेवा मार्फत अख्तियारमा भ्रष्टाचार सम्बन्धी २ हजार ७६० वटा उजुरी परेका थिए । भने इमेल मार्फत आर्थिक…
महोत्तरी । वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका-१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनकाे ध्यानाकर्षण गराएका हुन् । राजनीतिक प्रतिशाेध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएकाे भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्राही ढंगले यस्ता दुर्व्यवहारकाे घटना गराएकाे आराेप लागेकाे छ । वडाध्यक्ष साहले आइतबार नै पीडकहरूविरुद्ध प्रशासनमा किटानी जाहेरी दिएका छन् । अभद्र व्यवहार कसुरअन्तर्गत दिएको उक्त किटानी जाहेरीमा स्थानीय सोहन पौडेल, समीर बैठा, रामनवीन महतो, विमलेश महतो, सन्जिव…
ललितपुर । ललितपुरको बागमती गाउँपालिकाका ११ जना कर्मचारी निकालिएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै उनीहरूकाे जागिर गएकाे हाे । तर उनीहरूको करार नथप्ने निर्णय कार्यपालिकाबाट नभएको पाइएको छ । गाउँपालिका वडाध्यक्ष होमप्रसाद बजगाईले राजनीतिक पूर्वाग्रहका कारण उनीहरूको करार अवधि थप नभएको बताए । उनले भने, ‘हुन त कार्यपालिका बैठकमा उनीहरूको नाम ल्याएर पढिएको हो । कार्यपालिका बैठकमा निर्णय नगरी विषयगत समितिबाट निर्णय गर्ने भनिएको थियो । तर विषयगत समितिलाई जानकारी नआएको गुनासो छ । यो निर्णय अनुमोदन भएको छैन ।’ बजगाईले राजनीतिक पूर्वाग्रहबाट प्रेरित यो निर्णय गाउँपालिका अध्यक्षले बैठकमा पढेर सुनाएको बताए । गाउँपालिकामा ४५ जना…