रामेछाप । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामपुरवासीको समस्या समधान गर्ने जिम्मा लोकतान्त्रिक बाम गठबन्धनले लिने बताएका छन् । सोमबार रामेछाप नगरपालिकाको वडा नं ५ रामपुरमा वडा स्तरीय चुनाबी सभामा आफ्नो भनाई राख्ने क्रममा रामपुरवासीका धेरै समस्याहरु रहेको र ति समस्या समधान गर्ने जिम्मा लोकतान्त्रिक बाम गठबन्धनको रहेको बताएका हुन् ।
रामपुरको गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा उपलब्ध, भौतिक विकास, सभ्य समाज निर्माण लगयतका कामलाई आफूहरुले पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । वडा स्तरीय सभामा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायाण श्रेष्ठ सहितको टोली रामेछाप नगरको विभिन्न वडामा कार्यक्रममा केन्द्रित छन् ।
सोमबार नै रामेछापको हिमगंगामा पनि कार्यक्रम सम्पन भएको छ । त्यस्तै मंगलबार रामेछापको साँघुटार, गोठगाउँ र देउरालीमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दीपक खड्काले बताए ।
