काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान दार्चुलाको चुनावी सभामा सहभागी हुने भएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका एमालेको चुनावी अभियान सुरु गर्न उनी आज दार्चुला जाने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ ।
ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा आमसभालाई सम्बोधन गर्नेछन् । आजै दिउँसो २ बजे बैतडी र अपराह्न ४ बजे कञ्चनपुरमा पार्टीको चुनावी अभियानमा सहभागी हुने बताइएको छ ।
बिहीबारदेखि चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । त्यससँगै दल र नेताहरू चुनावी सभामा केन्द्रित हुन थालेका छन् ।
