Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सन्दीपविरुद्धको मुद्दामा जवाफी बहस आज हुने

    सन्दीपविरुद्धको मुद्दामा जवाफी बहस आज हुने

    By सूचनापाना१८ कार्तिक २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । बलात्कार अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जवाफी बहस हुनेछ । सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपछि आज जवाफी बहस हुन लागेको हो ।

    SuchanaPana.com

    जिल्ला अदालत काठमाडौंमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लभ मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका थिए । उनका तर्फबाट अधिवक्ता सविना भण्डारीले पनि बहस गरिन् । सन्दीपकै तर्फबाट बुधबार अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौड्यालले बहस गरेका थिए ।

    बिहीबार समयाभावका कारण सरकारी वकिलको तर्फबाट जवाफी बहस भएन । त्यसैले सन्दीपविरुद्धको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता महेश खत्रीले जवाफी बहस गर्नेछन् ।

    जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।

    अधिवक्ता सापकोटाका अनुसार सन्दीपका तर्फबाट उपस्थित कानुन व्यवसायीले उनीविरुद्ध लगाइएको अभियोग पुष्टि गर्ने कुनै प्रमाण अभियोजनकर्ताले पेस गर्न नसकेको जिकिर गरे । उनीहरूले जाहेरीवालाको जन्मदर्ता, विद्यालयका प्रमाणपत्रहरू पेस गर्दै पीडित भनिएकी नाबालिग नभएको दाबी गरे ।

    उनीहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने र धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउन सकिने तर्क गरे ।

    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को व्यवस्थालाई उल्लेख गर्दै उनीहरूले तीन वर्षभन्दा बढी कैद सजाय हुने सबै कसुरमा अभियुक्तलाई थुनामा राख्ने सो दफाको मनसाय नभएको तर्क समेत गरे ।

    सोही संहिताको दफा ६७ को उपदफा १ मा तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुरको अभियोग लागेका अभियुक्तलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा’ वा ‘कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भएमा’ अदालतले त्यस्ता अभियुक्तलाई थुनामा राख्न सक्ने व्यवस्था छ ।

    यही तर्कका आधारमा सन्दीपका कानुन व्यवसायीले उनलाई धरौटीमा रिहा गर्न माग गरेका हुन् ।

    गएको सोमबार सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्षसम्म कैद र पीडितलाई उचित क्षतिपूर्ति माग गर्दै सरकारी वकिलको कार्यालयका तर्फबाट न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले अदालतमा मुद्दा दायर गरेका थिए ।

    मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान लिइएको थियो । त्यसपछि सरकारी न्यायाधिवक्ता घिमिरेको नेतृत्वमा तीन सरकारी वकिल र जाहेरीवालाको तर्फबाट तीन कानुन व्यवसायीले बहस गरेका थिए ।

    सरकारी वकिल र जाहेरीवालका कानुन व्यवसायीले सन्दीपले नाबालिगसँग उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए । सन्दीपका तर्फबाट बहस गरेका कानुन व्यवसायीले भने उनलाई धरौटीमा रिहा गर्न माग गरेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.