रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले अहिले एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका कैलाश ढुंगेलले पिच भएको कालो सडक देख्ने बित्तिक्कै सबै मैले बनाएको हो भन्दै जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका छन् ।
शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले गेलुमा आयोजना गरेको चुनाबी सभामा आफ्नो भनाई राख्ने क्रममा उपसभापति कार्कीले अहिले भोट माग्न हिडेका कैलाश ढुंगेलले बर्षौ अघि देखि राज्यको लगानीमा पिच भएका पक्की सडक सबै आफूले बनाएको भनेर जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका हुन् ।
एमालेबाट रामेछाप प्रदेश सभा ९ख० मा उम्मेद्वार रहेका मिलन कुमार घिसिङले एउटा एनजिओ मार्फत समाज विकास गर्छु भन्दै करोडौ रकम झ्वाम पारेर अहिले त्यहि रकम हेडक्वाटरमा बुझाएर टिकट ल्याएर चुनाब लडेको बताउँदै त्यस्ता व्यक्तिबाट रामेछाप प्रदेश सभा ९ख० को विकास नहुने धारणा राखे । रामेछापमा लोकतान्त्रिक बाम गठबन्धनको जित निश्चित भइसकेको दाबी गर्दै अहिले नेकपा एमाले जिल्लामा आफ्नो पक्षमा रहेको मतलाई संरक्षण गर्न मात्रै हिडेको उनले बताए ।
उनले लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश ९ख० का उम्मेद्वार युवराज चौँलागाईलाई अत्याधिक मतले निर्वाचित गराउन अनुरोध गरेका छन् ।
