Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रामेछापका मतादातामा उत्साह छैन !

    रामेछापका मतादातामा उत्साह छैन !

    By सूचनापाना१८ कार्तिक २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते निर्वाचन हुँदैछ तर मतदातामा भने खासै उत्साह छैन । प्रत्येक निर्वाचनमा नेताहरु घर दैलोमा आउने, भोट माग्ने र जाने तर जिताएर पठाएपछि नागरिकको समस्या नबुझ्ने हुँदा नागरिकमा निराशा छाएको हो ।

    SuchanaPana.com

    अहिले विभिन्न टोल बस्तीमा होस् वा चोक चौतारीमा नागरिकको छलफल र चर्चाको विषय चुनाव बनेको छ । यतिबेला उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुग्न थालिसकेका छन् । तर उनीहरुसँग ठोस योजना छैन । नागरिकलाई पनि घरदैलोमा नेताहले अपेक्षा गरे जस्तो भेट्न सकेका छैनन् । वडा वडामा भेटघाट कार्यक्रम राजनीतिक दलले राखेका छन् तर पनि खासै नागरिकको सहभागिता देखिएको छैन ।

    अर्को तर्फ मतदाता पनि चुनावलाई लिएर खासै उत्साही देखिएका छैनन् । हरेक निर्वाचनमा भोट माग्न आएका उम्मेदवारले आश्वासन दिएपनि चुनाव जितेपछि कुनै पनि जनप्रतिनिधिले आफ्नो माग पुरा नगरेको रामेछापका स्थानीयहरुले बताएका छन् । देशमा लोकतन्त्र, प्रजातन्त्रका लागि धेरै आन्दोलन भए । सबै आन्दोलनमा जनताले बलिदान नै दिए । तर त्यसको खासै उपलब्धी भने नभएको रामेछापका नागरिकहरुको भनाई छ ।

    अहिले नेताहरुले निर्वाचनलाई व्यक्ति मोटाउने अवसरका रुपमा मात्र लिएको मतदाताको गुनासो छ । निर्वाचनको बेला अत्यधिक खर्च गर्ने प्रवृति बढ्दै गएको छ । यसका कारण निर्वाचित भइसकेपछि घोषणा पत्र कार्यान्वयन भन्दा निर्वाचन खर्च उठाउनेतर्फ ध्यान केन्द्रित गर्ने प्रवृति पनि बढ्दै गएको छ । यस्तो प्रवृतिका कारण पछिल्लो समय मतदाताहरुले नो भोटको अधिकार हुनुपर्ने माग गरिरहेका छन् । तर अहिलेको समयमा निर्वाचनमा मताधिकार प्रयोग गरि खराब मध्येबाट कम खराब व्यक्ति छान्नुको अर्को विकल्प नभएको राजनीतिक जानकारहरु बताउँछन् ।

    गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरे निवासी हर्कबहादुर खड्कामा पनि निराशा छाएको छ । उनले भने २०४६ साल यता प्रत्येक निर्वाचनमा नेताहरु आउछन्, भोट माग्छन्, भोट हालेर जिताएर पठायो तर र्फकेर नेता गाउँ आउदैनन् । चुनाब आउछ नेता आउछ भोट दिएर पठायो फर्केर आउदैन । किन अब भोट हाल्ने अब नेतका आफ्ना आफन्तलाई जागिर खुवाउन र धनी बनाउन हो र उनले प्रश्न गरे ।

    चुनाबको समयमा सबैले चिन्छन् बोलाउछ तर आफ्नो कुनै समस्या लिएर गयो भने चिन्दैनन् । त्यस्तै गरी बीरबहादुर तामाङले भने के के नि पाउछु भनेर झण्डा बोकेर हिड्यो दाजुभाइ बीच लडाई ग¥यो आखिरीमा चुनाबपछि चिनिन भन्छ । फोन ग¥यो फोन उठ्दैन अनि के का लागि हामी नेताको पछि लाग्ने, किन भोट हाल्ने रु अब त हामीहरु भोट हाल्न समेत जान चाहदैनौं । भोट हाल्न दिन भरी लाइन बसेर हाल्यो, के हुने केहि हुन्न । बिकास भयो भनौ जस्ताको त्यस्तै छ । नेता मोटाएको छ त्यति हो अरु केहि भएको छैन । हामी नागरिकलाई गणतन्त्र आएपनि प्रजातन्त्र आएपनि लोकतन्त्र आएपनि हुने केहि हैन हुने नेतालाई मात्र हो ।

    यो उदाहरण मात्र हो । रामेछापका नागरिकमा यतिबेला निराशा छाएको छ । नेता गाउँ बस्ती गएका छन् तर नागरिकलाई भेट्न सकेका छैनन् । नागरिक निर्वाचन भन्दा अहिले आफ्नो दैनिकी काम तिर ब्यस्त छन् । नेता र कार्यकर्तामा निराशा छाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.