Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लमजुङमा उम्मेदवारहरू उम्मेदवारी हाप्ने, पार्टीहरू भोट माग्ने

    लमजुङमा उम्मेदवारहरू उम्मेदवारी हाप्ने, पार्टीहरू भोट माग्ने

    By सूचनापाना२० कार्तिक २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    लमजुङ । लमजुङमा दुई उम्मेदवारले आफ्नो उम्मेदवारी हापेको बताए पनि उनीहरू सम्बद्ध पार्टीहरूले मत माग्ने काम रोकेका छैनन् ।

    SuchanaPana.com

    जसपाका उम्मेदवार नरेन्द्र गुरुङ र नेपाली काँग्रेस (विपि)का उम्मेदवार डा. लक्ष्मीकान्त पौडेलको पक्षमा ती पार्टी भोट मागिरहेका छन् ।

    उनीहरूले निजी रुपमा पत्रकार सम्मेलन गर्दै वक्तव्यसमेत जारी गरी उम्मेदवारी हापेको भएता पनि उनीहरूका पार्टीले भने भोट मागिरहेका छन् ।

    उनीहरूले कार्तिक १३ गते विहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी आफूहरूले उम्मेवारी हापेर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको उल्लेख छ । तर आजका दिनमा पनि ती दलको जिल्ला नेतृत्वले भने उनीहरुलाई भोट मागिरहेको अवस्था छ ।

    डा. लक्ष्मीकान्त पौडेलले आफूले ४० वर्षसम्म रगत पसिना बगाएको पार्टी नेपाली काँग्रेसमै फर्किएको पत्रकारहरू माझ घोषणा गरी सोही दिनदेखि सो दलका चुनावी कार्यक्रममा सहभागी हुन थालेको देखिन्छ । तर नरेन्द्र गुरुङले भने जसपा पार्टी त्याग नगरेको तर आफ्नो समर्थन देव गुरुङलाई रहने बताए ।

    ‘नेपाली कांग्रेस (विपि)का जिल्ला अध्यक्ष तेजनारायण अधिकारीसँग सम्पर्क गर्दा डा. लक्ष्मीकान्त पौडेलले हामीसँग सोध्ने, सल्लाह गर्ने गरेर उम्मेदवारी फिर्ता गरेका होइनन, व्यक्तिले कहाँ के गर्छन् । त्यो उनीहरूको कुरा हो । कोही निस्क्रिय हुन सक्छ । तर, पार्टीले आफ्नो प्रचारप्रसार गर्ने र भोट माग्ने काम रोकेको छैन र रोक्दैनौं पनि,’ उनले भने ।

    पार्टीको केन्द्रले सञ्चालन गरेको आधिकारीक फेसबुक पेजमा त्यो सबै उल्लेख रहेको र उत्साहित ढंगले चुनावी अभियानमा लागिरहेको अधिकारीले बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.