Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

    रसुवामा घरदैलो कार्यक्रम तीव्र, आश्वासन बाँड्दै उम्मेदवार

    By सूचनापाना२४ कार्तिक २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रसुवा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् ।

    SuchanaPana.com

    प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । स्वतन्त्र उम्मेदवार पाटीखर्कका लिलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

    प्रतिनिधिसभातर्फ नेकपा माओवादीसमेतको गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, नेकपा एमालेको तर्फबाट छोवाङ तेन्जिङ तामाङ राप्रपाबाट टीकाप्रसाद देवकोटा, नेमकिपाबाट रामेश्वर वासी, जनसमाजवादी पार्टीबाट सिर्जना सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकास गलान र राष्ट्रिय स्वतन्त्र दलबाट मीननाथ देवकोटा चुनावी मैदानमा उभिएका छन् ।

    सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पुर्याउने छु भन्नेनै उद्योष रहेको छ । प्रमुखरूपमा स्वास्थ्य, शिक्षालाई आधुनिकीकरण, रोजगारजस्ता विविध कामको कार्यान्वयन गर्ने उम्मेदवारले घोषणा गर्दै आएका छन् । खुलारूपको आमसभाभन्दा घरदैलो कार्यक्रममार्फत गाउँटोलको प्रत्येक घरघरमा पुगी भेटघाटको माध्यमबाट हात जोड्दा मतदाता र उम्मेदवार दुवैको मन प्रफुल्लित हुँदै गएको दलका नेताले बताएका छन् ।

    घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै प्रतिनिधिसभाका उम्मेदवारको साथमा प्रदेशसभा सदस्य उम्मेदवारले पनि एक साथ घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । आ–आफ्ना पक्षमा मत माग्दै घरदैलो कार्यक्रममा सरिक हुने प्रदेशसभा उम्मेदवार सदस्यमा नेकपा माओवादीसहितको गठबन्धनबाट प्रदेश ‘क’मा नेपाली कांग्रेसको तर्फबाट प्रभात लामा, नेकपा एमालेको तर्फबाट कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डङ्गोल, मङ्गोल नेशनल अर्गनाइजेशनका जितमान तामाङ, जनसमाजवादीको तर्फबाट कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उमेदवारमा सिदार वाङजेन लामा रहेका छन्।

    दुई वटा प्रदेश रहेको रसुवा जिल्लाको प्रदेश ‘ख’मा भने नेकासहितको गठबन्धनबाट नेकपा माओवादीका इन्द्रप्रसाद गौतम, ९जगतजङ्ग० नेकपा एमालेका तेम्व्रेल तामाङ, राप्रपाबाट हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सिराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट वाङ्जेन तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट वाङ्दे घले, नेपाली कांग्रेस ९बिपी० को तर्फबाट शारदाकुमार न्यौपाने ९सरोज० र स्वतन्त्रमा चेसाङ तामाङ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.