Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » झुलाघाटमा मोटरेबल पुल सधैँको चुनावी एजेण्डा

    झुलाघाटमा मोटरेबल पुल सधैँको चुनावी एजेण्डा

    By सूचनापाना२५ कार्तिक २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन ।

    SuchanaPana.com

    राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् ।

    यस नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल सञ्चालन भइरहेको छ । तत्कालीन समयमा महाकाली नदीमा इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुङगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ ।

    सुदूरपहाडका लागि भारत जोड्ने यो मुख्य नाकाका रूपमा रहेको यहाँ मोटरेबल पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा असर पर्दै आएको छ ।

    झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य सङ्घले १० हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो ।

    साथै उद्योग वाणिज्य सङ्घको अगुवाइमा २०७६ मा यहाँका स्थानीय बासिन्दा सदरमुकाममा ३६ दिन लामो रिले अनशनसमेत बसेका थिए । बुधबार मात्रै पाटनमै आयोजित लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले झुलाघाट पुल निर्माण गरेरै छाड्ने दाबी गरे । ‘झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छुु, उनले भने ।

    सोही सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल गर्ने बताए । ुझुलाघाटमा पक्कीपुल निर्माणबारे गठबन्धनका उम्मेदवारले माग गर्नुभएको छ । यो यहाँको आवश्यकता छ, गठबन्धनका उम्मेदवारलाई जिताउनोस् झुलाघाटमा पक्की पुल निर्माणको काम अगाडि बढाइनेछु, उनले भने ।

    त्यसअघि कात्तिक १८ गते पाटनमै आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झुलाघाटमा पक्की पुल निर्माण हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    यसका साथै एक महिनाअघि मात्रै बैतडी पुगेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पनि झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिएका थिए । नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बने झुलाघाटमा मोटरेबल पुल बन्नेमा ढुक्क हुन उनको आग्रह थियो । प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्री समेतले झुलाघाटमा पक्की पुल निर्माणका लागि आश्वासन दिए पनि यहाँ स्थानीय बासिन्दा भने अझै विश्वासमा रहेका छैनन् ।

    निर्वाचनको बेला नेताहरूले भोट माग्नका लागि मात्रै पुल निर्माणको आश्वासन दिने गरेकाले विश्वास लाग्न छाडेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताए । उनले भने, ‘निर्वाचनका बेला मात्रै झुलाघाट मोटरेवल पुल एजेन्डा बन्ने गरेको छ, निर्वाचनपछि भने यो कुरा सबैले बिर्सिन्छन्, कसैले पहल गर्दैनन् ।’

    बैतडी उद्योग वाणिज्य स्घका अध्यक्ष नरबहादुर चन्द पुल निर्माणको आवाज उठेको वर्षौ भइसकेको भए पनि कसैले पहल नगरेको बताउँछन् । उनले भने, ‘हामीले हस्ताक्षर सङ््कलन गरेर सरकारलाई बुझायौँ, अनसन बस्यौँ, नेताहरूले खाली बन्छ भनेर आश्वासन मात्रै दिन्छन् । पुल बनाउन केही पहल नहुँदा राज्यले सधैँ हेपेको महसुस पनि हुने गरेको छ ।’ नदी सीमामा भएकाले पुल निर्माणका लागि भारत सरकारको सहमति आवश्यक पर्छ । दुवै देश तयार भएमा मात्रै यो पुल निर्माणको काम अघि बढ्नसक्छ ।

    तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लामै आएर पुल निर्माणको काम अगाडि बढाउने भनेको र लोकतान्त्रिक वामगठबन्धनले निर्वाचन जिते पुल बन्ने दाबी गरे । ‘प्रधानमन्त्रीज्यूले बोलेको विषयमा हामीलाई पूर्ण विश्वास छु, उनले भने, ‘उहाँले बोलेको काम पूरा गर्नुहुन्छ, मोटरेवल पुल बन्छ ।’

    सुदूरपश्चिमकै पुरानो नाका झुलाघाटमा भएर सुदूरपश्चिमका मात्रै नभए कर्णाली प्रदेशका नागरिकसमेत आवतजावत गर्ने गर्दै आएका छन् । झुलाघाट नाकामा पक्की पुल निर्माणको माग सीमावर्ती भारतीय नागरिकले समेत राख्ने गरेका छन् । तर अहिलेसम्म पुल निर्माणको काम हुनसकेको छैन् । सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नुपर्ने भएपछि सामान आयात निर्यात पनि महँगो गरेको छ ।

    सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको स्थानीय उत्पादनको बजार विस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने देहिमाडौँका व्यापारी दीपक बोहराले बताए । ‘झुलाघाटमा पक्की पुल सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक विकाससँग जोडिएको छ,’ उनले भने, ‘मध्यपहाडी लोकमार्ग अन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिनेछ ।’

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.