सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका बागमति प्रदेशकै फ्रि वाईफाई जोन बनेको छ ।
बागमति सरकारको प्रदेश भरीका सबै पालिकालाई फ्रि वाईफाई बनाउने योजना अनुसार लिशंखुपाखर गाउँपालिकाले प्रदेशमै सबैभन्दा पहिले ईन्टरनेट जोड्दै प्रदेशकै पहिलो फ्रि वाईफाई जोनयुक्त गाउँपालिका बन्न सफल भएको हो ।
‘फ्रि वाईफाई जोन’ निर्माण गर्न प्रदेशभरीका अन्य गाउँपालिका मध्य लिसंखुपाखर पहिलो भएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए ।
आफूले स्थानीय तहको चुनाव ताका पालिकालाई फ्रि वाईफाई बनाउँछु भनेर बाँचा गरे अनुसार काम पुरा भएको पनि उनले बताए ।
२० एमविपिएस क्षमताको सुबिसु ईन्टरनेट सेवा जडान गरी बुधबारबाट सुरुवात गरिएको फ्रि वाईफाईले सूचना सम्प्रेषण गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनको लागि फ्रि वाईफाई राखिएको अध्यक्ष लामाको भनाई छ । विद्यालय, स्वास्थ्य चौकीमा समेत प्रभावकारी हुने उक्त सेवाले पालिकाका सबै वडा कार्यालयमा सेवाग्राहीका काम कारबाही छिटो छरितो हुने उनको भनाई छ ।