रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा ८ मा रहेको ऐतिहासिक राष्ट्रिय सूचिमा सूचिकृत केवलेश्वर महादेव मन्दिर भित्र रहेको पुरानो ऐतिहासिक महत्त्व बोकेको घण्टी चोरी भएको छ।
पुरानो ऐतिहासिक घण्टी चोरी भएको ठाउँमा नयाँ घण्टी भेटिएको स्थानीयले बताएका छन् ।
मन्दिरबाट घण्टी कहिले चोरी भएको भन्ने खुलेको छैन ।
