सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रीय सदस्य तथा सञ्चारकर्मी रमेश प्रसाईँ चौतारा आउँने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रसाईँ पार्टीको चौतारा साँगाचोकगढी नगरपालिका भेलालाई सम्बोधन गर्न शनिबार चौतारा आउने भएका हुन् ।
उनीसँगै रास्वपा केन्द्रिय सदस्य ढाकाराम अर्याल, केन्द्रिय संगठक विभागका सचिव शंकर श्रेष्ठ, बागमती प्रदेश समितिका अध्यक्ष डा। अच्युतम लामिछाने लगायतका नेताहरुले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
