रामेछाप । रामेछापको गाल्वा बजारमा अनुमति नलिई सञ्चालन गरेको तीन वटा पसल सिलबन्दी गरी गरिएको छ ।
गत फागुन २८ गतेदेखि ३० गते सम्म खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकाको गाल्वा बजार र दिमिपोखरीका पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रेका सामाग्री भेटिएको र अनुमति नै नलिई सामान खरिद बिक्री गरेको पाइएपछि जरिवाना सहित बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जनाएको छ ।
अनुमति नलिई सञ्चालन गरेको तीन वटा पसल सिलबन्दी गर्नुका साथै ८० हजार भन्दा माथिको म्याद गुज्रेका सामाग्रीहरू जफत गरिएको छ, भने, दुई वटा पसललाई कूल १५ हजार जरिवाना तिराइएको छ ।
अनुगमनका क्रममा सुनापती गाउँपालिका २ दिमिपोखरी मैरेमा सञ्चालित जेनिता एण्ड जेनिका किराना पसललाईले अनुमति बिना सामान बेचेको पाइएकाले प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड ९क० बमोजिम रु १० हजार जरिवाना तिराइएको छ ।
त्यस्तै सोही ठाउँको गाल्वा बजारमा सञ्चालित आर।एस। फेशन वेयर पसललाई पनि प्रदेश व्यापार तथा व्यवसाय ऐन, २०७६ को दफा ६० को खण्ड ९ख० बमोजिम रु ५ हजार जरिवाना गरिएको बताए । कुल ८ वटा पसलहरूमध्ये ३ वटा दर्ता नगरी सञ्चालनमा रहेको भेटिएपछि ती पसललाई ७ दिन भित्र सम्बन्धित निकायमा दर्ता गर्न पनि निर्देशन दिइएको छ ।
त्यस्तै मूल्य सूचि र साइन बोर्ड नभएका व्यवसायीलाई साइन र सूची राख्न, म्याद नाघेको÷ग्रुजेका सामानहरू बिक्री गर्न राखिएको भेटिएमा कानुन बमोजिम कडा कारबाही गर्ने, मुख्य खाद्यान्न, किराना, कस्मेटिक तथा पुस्तक लगायत अनुमति लिएर मात्रै व्यवसाय गर्न, निर्देशन गरिएको छ।
