सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा होमस्टे संचालक तथा समुदायलाई Hospitality Management Training सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
बागमति प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटन बिभागको समन्वयमा होमस्टे संचालक तथा समुदायलाई Hospitality Management Training सम्बन्धि २ दिने तालिम गरिएको हो।
पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा यस्ता तालिमले होमस्टे व्यवसायिको क्षमता विकास हुनुका साथै व्यवस्थित होमस्टे संचालनबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने पाँचपोखरी पर्यटन बोर्डका सचिब मुकुन्द पाण्डेले बताए।
आगामि दिनमा पनि यसरी नै समन्वय तथा सहकार्य गरि होमस्टे संचालकहरुलाई अझै ब्यबस्थित तरिकाले ब्यबसाय संचालन गर्न प्रोत्साहन गर्ने समेत बताएका छन् ।
असार ५ र ६ गते पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ३ यार्सामा गरिएको सो तालिमामा ३० जना सहभागी थिए।