Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    By सूचनापाना२५ असार २०८२, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    हन्ट (संयुक्त राज्य अमेरिका) । टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ ।

    SuchanaPana.com

    टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको सूची अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

    “केर काउन्टी क्षेत्रमा मात्रै एक सय ६१ जना बेपत्ता भएको थाहा छ”, उहाँले मङ्गलबार गम्भीर खोजी जारी रहँदा पत्रकारहरूलाई भने, “त्यो सूचीमा अझ धेरै थप्न सकिने सम्भावना छ ।”

    उनले यो आँकडा साथीहरू, आफन्तहरू र छिमेकीहरूले बेपत्ताका रूपमा रिपोर्ट गरेका व्यक्तिहरूमा आधारित रहेको बताए । मध्य टेक्सास क्षेत्रको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ । यहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।
    यसमा कम्तीमा २७ केटी र सल्लाहकारहरू समावेश छन् । शुक्रबार बिहान सबेरै जुलाई चौथो बिदाको सुरुआत हुँदा नदीमा बाढी आउँदा उनीहरू गुआडालुपे नदीमा युवा समर क्याम्पमा बसिरहेका थिए ।

    सयौँ मानिस सुतिरहेका बेला क्याबिनहरूलाई बगाएको थियो र पानीको धाराले क्याम्पलाई बगाएको थियो ।
    एबटका अनुसार मङ्गलबार साँझसम्म पाँच जना क्याम्पर र एक सल्लाहकार अझै बेपत्ता छन् । साथै क्याम्पसँग सम्बन्धित नभएको अर्को बच्चा पनि बेपत्ता भएका छन् ।

    “हाम्रो हृदय र दिमागमा यस समुदायका मानिसहरू, विशेष गरी अझै हराएका मानिसहरूभन्दा महत्त्वपूर्ण अरू केही छैन”, एबटले भने। राज्यका अन्य ठाउँमा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

    टेक्सास गेम वार्डन्सका बेन बेकरले पानी र माटोका कारण हेलिकप्टर, ड्रोन र कुकुरहरू सम्मिलित खोजी र उद्धार प्रयासहरू अत्यन्त कठिन भएको बताए।

    “जब हामी यी उद्धार गर्ने प्रयास गरिरहेका हुन्छौँ, यी ठूला थुप्रोहरू धेरै अवरोधकारी हुन सक्छन्, र यी थुप्रोहरूमा गहिरो प्रवेश गर्न, यो धेरै खतरनाक हुन्छ”, बेकरले भने, “यो अत्यन्त विश्वासघाती, समय खपत गर्ने हो । यो फोहोर काम हो, पानी अझै छ ।”

    अमेरिकी राष्ट्रिय मौसम सेवा ९एनडब्लुएस० ले मङ्गलबार छिमेकी राज्य न्यु मेक्सिकोको अल्बुकर्कबाट एक सय ८४ माइल ९दुई सय ९६ किलोमिटर० दक्षिणमा रहेको सानो सहर रुइडोसोमा आकस्मिक बाढी आपत्काल घोषणा गरेको छ ।

    अधिकारीहरूले रिपोर्ट गरे कि धेरै व्यक्ति अचानक आएको बाढीले फसेका छन्, धेरै घरमा क्षति भएको छ । एनडब्लुएसले रियो रुइडोसो २० फिट (छ मिटर) भन्दा बढी उचाइमा पुगेको हुनसक्ने बताएको छ ।

    वर्षाले खोजी कार्यलाई रोक्दैन
    विपद्को केन्द्रविन्दु हन्ट सहरमा, एएफपी टोलीले उद्धारकर्मीहरूलाई हेलिकप्टरहरू माथि उडिरहेको अवस्थामा भग्नावशेषका थुप्रोहरूमा खोजी गरिरहेको देख्यो ।

    चौबिस वर्षीय जेभियर टोरेस आफ्ना हजुरबुबाको शव फेला पारेपछि आफ्नी हजुरआमाको शव खोज्दै हिलोमा खनिरहेका थिए ।

    उनले नदीले बगाएका दुई बालबालिकाको शव पनि फेला पारे । अधिकारीहरूले आगामी दिनहरूमा थप भारी वर्षाको चेतावनी दिएका छन् । यसले खोजी कार्यलाई प्रभावित पार्न सक्छ । यद्यपि बेकरले यसले खोजी प्रयासहरूलाई ‘नरोक्ने’ बताउनुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रथम महिला मेलानिया ट्रम्पसँग टेक्सास भ्रमण गर्ने कार्यक्रम छ ।

    “हामीले चारैतिरबाट धेरै हेलिकप्टर ल्यायौँ… तिनीहरू वास्तविक पेशेवर थिए, र तिनीहरू धेरै मानिसलाई बाहिर निकाल्न जिम्मेवार थिए”, ट्रम्पले भने ।

    यसैबीच, ट्रम्प सरकारको कोष कटौतीले चेतावनी प्रणालीलाई कमजोर पारेको र उद्धार अभियानको व्यवस्थापनलाई लिएर प्रश्नहरू बढेका छन् ।

    कहिलेकाहीँ तनावपूर्ण प्रेस सम्मेलनका क्रममा बेकरले आपत्कालीन प्रतिक्रियाको गतिमाथिको प्रश्नलाई छाडे । “अहिले, यहाँको यो टोली मानिसहरूलाई घर फर्काउनमा केन्द्रित छ”, उनले भने ।

    क्लाइमेट सेन्ट्रल रिसर्च समूहका मौसम विज्ञ शेल विङ्क्लेले सुक्खा माटोले कम वर्षा अवशोषित गर्दा भूगोल र असाधारण खडेरीमा प्रकोपको सीमालाई दोष दिए ।

    “टेक्सासको यो भाग, कमसेकम केर काउन्टी बाढीमा विशेष गरी, चरमदेखि असाधारण खडेरीमा थियो… हामीलाई थाहा छ कि मेदेखि तापक्रम औसतभन्दा माथि छ”, विङ्क्लेले पत्रकारहरूलाई भने ।

    सङ्गठनका मिडिया निर्देशक टम डि लिबर्टोले राष्ट्रिय मौसम सेवामा कर्मचारी अभावले प्रकोप निम्त्याएको बताए । “तपाईँले त्यो अनुभवलाई प्रतिस्थापन गर्न सक्नुहुन्न”, उनले भने ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    हेटौँडा । बागमती प्रदेशको राजनीतिमा बहुप्रतीक्षित परिवर्तनको संकेत दिँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको…

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार

    रसुवा बाढीका कारण चीनमा अलपत्र परेका चालकहरूलाई तातोपानी नाकाबाट ल्याइने

    १ श्रावण २०८२, बुधबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.