काठमाडौं, १५ वैशाख ।भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् ।
चितवन जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।
त्यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न राज्यमन्त्री उमेश श्रेष्ठ पनि पुगेका थिए । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान छाडेका छैनन् ।