काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
आज शुक्रवार पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले काठमाण्डाै उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताए । नागरिक आयोग गठन गरी विसं २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने उनकाे भनाइ थियाे ।
फागुनसम्म अस्तिका सबै सांसदले तलब भत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’-लिङ्देनले भने ।
उनले आफू संसदमा एक्लो भएकाले आउँदाे चुनावबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह पनि गरे । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन उनकाे आग्रह थियाे ।
