काठमाडौं, १६ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह चुनाबको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज सम्म मात्र मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय सिमा तोकेको छ ।
मनोनयन फिर्ता गर्ने समय सकिए लगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समेत आयोगले जनाएको छ ।
आज प्रकाशित नामावलीका उम्मेदरवारहरु प्रतिस्पर्धामा उत्रिनेछन् १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।