Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सांस्कृतिक समानताले सुदृढ नेपाल–नेपाल भारत सम्बन्ध

    सांस्कृतिक समानताले सुदृढ नेपाल–नेपाल भारत सम्बन्ध

    By सूचनापाना८ जेष्ठ २०८२, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र भूमि हो, जहाँ धर्मको सुवास पाइन्छ, जहाँ प्रत्येक कणमा तपस्याको ऊर्जा बग्दछ । यही भूमि हो, जहाँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, रामधुनी, हलेसी महादेव, दन्तकाली, दक्षिणकाली, बडीमालिका, गोसाइँकुण्ड, दामोदरकुण्ड, लुम्बिनी, देवघाट, गण्डकी नदीको किनारमा रहेको त्रिवेणीघाट वाल्मीकि आश्रम तथा लवकुश क्षेत्र, त्रिशूली र कौशिकी नदीजस्ता अनगिन्ती तीर्थस्थल र थुप्रै पवित्र नदीनालाहरू अवस्थित छन् । यी तीर्थहरूले नेपाललाई केबल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक दृष्टिले पनि तपोभूमि, देवभूमि र पुण्यस्थलको रूपमा चिनाएका छन् । यो भूमि भगवान् शिव, विष्णु, राम, बुद्ध र असङ्ख्य ऋषिमुनिहरूको तपोस्थल हो । धार्मिक ग्रन्थहरूले नेपालस्थित तीर्थहरूको विशेष महिमा गाएका छन्ः

    SuchanaPana.com

    ‘काश्यां तु मरणं मुक्तिः पशुपत्यां तु दुर्लभा“ (स्कन्द पुराण, काशी खण्ड) “मुक्तिनाथो बदर्यस्तु शालग्राम शिला तथा’ गरुड पुराण, पूर्व खण्ड, अध्याय १६) ‘पुर रम्यता राम जब देखि । हरषे अनुज समुझि बिसेषी ।।’ (रामचरितमानस, बालकाण्ड, दोहा २१२) यी शास्त्रीय प्रमाणहरूले नेपालको अध्यात्मिक गरिमा र गौरवलाई पुष्टि गर्छन् ।

    जगतगुरु महायोगी सिद्धबाबाको योगदान र नेपालको आध्यात्मिक पुनर्जागरण सगरमाथाको काखमा जन्मनुभएका महायोगी सिद्धबाबाले बाल्यकालमै गृहत्याग गरी भौतिक विज्ञानअन्तर्गत हिमालयका वनस्पतिको द्रव्य गुणमा विद्यावारिधि समेत गर्नुभएको छ, उहाँ नाडी एवं खगोल विज्ञानमा पनि निस्णात हुनुहुन्छ ।

    संस्थागत संलग्नतामा उहाँ जगतगुरु रामानन्दचार्य सेवा पेट चतराका संस्थापक एवं पिठाधीश महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरको संस्थापक एवं आजीवन अध्यक्ष द हिमालयन पाशुपत सिद्ध महायोग वटावा क्यानाडा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान बेलायतका प्रमुख संरक्षकका साथै देश विदेशमा रहेका अन्य दर्जनौँ संस्थामा प्रमुख संरक्षक सल्लाहकार आदि जस्ता भूमिकामा सम्बद्ध हुनुहुन्छ ।

    नेपाल जननीका बरद पुत्र रत्न समाधि सिद्ध त्रिदण्डी स्वामी, तारकब्रह्म पीठाधीश्वर, अनन्त श्रीविभूषित, जगतगुरु श्री रामानन्द आचार्य स्वामी रामकृष्णचार्य महायोगी सिद्धबाबाले बाल्यकालमै गृहत्याग गरी हिमालय खण्डदेखि मरुभूमिसम्मको कठिन वातावरणमा घोर तपस्या गर्नुभयो । उहाँले ‘सुरत–शब्द योग’ (जसलाई पाशुपतसिद्ध महायोग वा हिमालयन सिद्धयोग पनि भनिन्छ) प्राप्त गर्नुभयो । यो योग मार्ग सम्पूर्ण मानवताका लागि जात, धर्म, लिङ्ग र सीमाभन्दा माथि उठेर आत्म–साक्षात्कारको मार्ग हो ।

    गुरुदेवले २०६३ सालदेखि नेपालकै पवित्रस्थल बराहक्षेत्रमा रही सनातन वैदिक धर्मको पुनर्जागरण र आध्यात्मिक चेतनाको संरक्षणमा आफूलाई समर्पित गर्नुभएको छ । आज उहाँको प्रभाव नेपाल र भारतमा मात्र सीमित नरही अमेरिका, अष्ट्रेलिया, युरोपजस्ता देशहरूमा समेत फैलिसकेको छ । २०७२ चैत २६ गतेदेखि २०७३ वैशाख ३ गतेसम्म पोखरास्थित रामघाटमा सञ्चारकर्मी, सरकारी चिकित्सक सुरक्षा निकाय, वरिष्ठ राजनीतिक व्यक्तित्व बुद्धिजीवी प्रतिष्ठित व्यक्तित्वलगायत लाखौंँ श्रद्धालुको उपस्थितिमा गुरुदेवले नौ दिनसम्म लिइसकेको जीवित भू–समाधि आधुनिक विज्ञानका लागि पनि अचम्मको विषय बन्यो ।

    जिम्मेवार भुसमाधि व्यवस्थापक तथा सञ्चारकर्मी पत्रकारहरू समेतको उपस्थितिमा काठको बाकसभित्र उत्तानो सुती ढोका बन्द गरी बाकसभित्रको चार ढोकामा ताल्चा लगाई उक्त काठको बाकसलाई प्लास्टिकले बेरेर माथिबाट माटोले पुरी माटोको ढिस्को जस्तो थुप्रोमा पानी छर्की जौ छरियो । नौ दिनसम्म अन्न, जल र अक्सिजन बिना समाधिमा बसेर जीवितै बाहिर निस्कन सक्ने शक्ति केवल वैदिक योग, आत्मबल र सिद्धताको जीवन्त प्रमाण हो । यस प्रकार सद्गुरुदेवले सनातन हिन्दू धर्मका हाम्रा अग्रज ऋषिमुनिहरूमा रहेको समाधिसिद्ध क्षमताको सप्रमाण प्रतिनिधित्व गरी वैदिक सनातनभित्र रहेको योग र साधनामा रहेको शक्ति संसारसामु उजगार गर्दै आध्यात्मिक पुनर्जागरण अभियानमा नवीनतम् चेतना जागृत गराइदिनु भई अन्तरराष्ट्रियस्तरमै नेपालको अध्यात्मिक गौरव र गरिमालाई सगरमाथा उचाइमा पु¥याइ दिनुभएको छ ।

    एक ऐतिहासिक अवसर यही दिव्यता र तपस्याको उच्चतम उदाहरण बनेका गुरुदेव महायोगी सिद्धबाबालाई भारतको श्रीराम जन्मभूमि अयोध्याधामस्थित श्री मणिरामदास छावनी, जुन युगौँदेखि वैष्णव परम्पराको महान केन्द्र रहँदै आएको छ, उक्त केन्द्रबाट प्रमुख अतिथि तथा प्रमुख सत्सङ्ग वाचकका रूपमा आमन्त्रित गरिएको छ ।

    सन् २०२५ जुन १–१० सम्म परम पूज्य महन्त श्री नृत्य गोपाल दासजी महाराजको ८७ औँ प्राकट्य दिवसका अवसरमा आयोजना हुने यस भव्य आध्यात्मिक महोत्सवमा भारतभरिका शङ्कराचार्य, महात्मा, मुख्यमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवकहरू र लाखौँ श्रद्धालुको उपस्थिति रहनेछ ।

    दूरदर्शनमार्फत करोडौँ जनसमुदायले हेर्ने यो समारोह नेपालको वैदिक पहिचान र आध्यात्मिक गरिमाको अन्तरराष्ट्रिय सम्मान हो । परम पूज्य महायोगी सद्गुरुदेवलाई गरिएको यो गौरवशाली निमन्त्रणाले नेपाल–भारत सम्बन्धलाई केवल सामाजिक वा भौगोलिक नभई आध्यात्मिक र सांस्कृतिक आत्मियताको सूत्रमा थप बलियो बनाउने विश्वास दिलाउँछ ।

    जनकपुर–अयोध्या, पशुपति–काशी, मुक्तिनाथ–बद्रीनाथ, अमरनाथ, रामेश्वरम र तिरुपति– बराहा क्षेत्र चतराधाम र लुम्बिनीजस्ता सम्बन्धहरूले हाम्रो साझा सनातन सम्पदालाई बलियो बनाएका छन् ।

    धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

    वर्तमान समयमा धार्मिक र आध्यात्मिक तीर्थयात्राको महत्त्व बढ्दै गएको विभिन्न उदाहरणहरूले देखाउँछन् । धार्मिक तीर्थयात्रीहरू नेपाल र भारतबाट छिमेकी राष्ट्र चीनको कैलाश पर्वतमा दर्शनार्थ जाने श्रद्धालुहरूको सङ्ख्या बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ ।

    त्यसैगरी भारतमा हुने कुम्भमेलामा नेपाललगायत देश–विदेशबाट जम्मा हुने करोडौंको संख्यामा पर्यटकले धार्मिक पर्यटनको महत्व उजागर गरिरहेका छन् । यस्तै श्रीराम जन्मभूमि अयोध्यामा २०८० सालको जनवरीमा राममन्दिर उद्घाटनपछि वार्षिक दुई करोड २१ करोड पर्यटक सङ्ख्या बढेर अहिले दैनिक नै एक लाख ५० लाख पुगेको तथ्याङ्कले धार्मिक पर्यटनको महत्व र त्यसबाट राष्ट्रलाई प्राप्त हुने आर्थिक समृद्धिको जलन्त उदाहरण प्रस्तुत गर्दछ ।

    त्यसैले नेपालको महायोगी सिद्ध बाबालाई प्राप्त ऐतिहासिक निमन्त्रणालाई देवभूमि र तपोभूमिका रूपमा आफ्नो मौलिक पहिचानलाई विश्वसमक्ष प्रस्तुत गर्ने अवसरको रूपमा सदुपयोग गर्दै धार्मिक तथा अध्यात्मिक पर्यटनको सम्भावनालाई योजनाबद्ध व्यवस्थापनद्वारा आर्थिक समृद्धिको महत्वपूर्ण स्तम्भको रूपमा विकास गर्न सक्नु पर्दछ ।

    सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिर भ्रमणपश्चात् भारतीय धार्मिक पर्यटकहरूको उल्लेख्य वृद्धि भएको थियो । सद्गुरुदेवको अयोध्यामा हुने १० दिने दिव्य र भव्य कार्यक्रममा मुख्य अतिथिको रूपमा हुने गरिमामय सहभागितापछि नेपाल र भारत दुवै देशबाट धार्मिक तथा आध्यात्मिक तीर्थयात्राको आदान–प्रदान अझै ठूलो मात्रामा बढ्ने आशा गर्न सकिन्छ । भारतजस्तो विशाल जनसङ्ख्या भएको देशबाट थोरै प्रतिशत मात्र धार्मिक पर्यटक नेपाल आएका खण्डमा पनि यसले नेपालको आर्थिक समृद्धिमा ठूलो टेवा पु¥याउनेछ ।

    नेपाल–भारतः साझा सनातन सम्पदाका वाहक

    वैदिक सनातन धर्मको रक्षा, सम्बद्र्धन र प्रवद्र्धनका दुई प्रमुख वारिस नेपाल र भारतको धार्मिक समागमले हामी सबैलाई स्मरण गराउँछ कि हाम्रो आस्थाका देवीदेवता र तीर्थस्थलहरू साझा धार्मिक सम्पदा हुन् । यस प्राकट्य महोत्सवमा सञ्चालन हुने धार्मिक कार्यक्रमको सत्सङ्गमार्फत सद्गुरुदेवद्वारा समस्त सनातनी आमजनमानसमा यो भावना उजागर गरिने अपेक्षा गरिएको छ, जसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा उल्लेखनीय टेवा पु¥याउनेछ ।

    वर्तमान परिप्रेक्ष्यमा मित्रराष्ट्र भारतका धार्मिक पर्यटकहरू वृद्धि भइरहेको अवस्थामा नेपालका पवित्र तीर्थस्थलहरू पशुपतिनाथ, जनकपुर, लुम्बिनी, मुक्तिनाथ, रामधुनी, गोसाइँकुण्ड, दामोदरकुण्डलाई केन्द्र बनाएर महायोग शिविर, गुरुकुल शिक्षा, बौद्ध परिपथ (लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर) र रामायण परिपथजस्ता धार्मिक तथा अध्यात्मिक विकासका गतिविधिलाई संयुक्त पहलद्वारा अन्तरराष्ट्रिय आध्यात्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा पूर्वाधार विकासलाई प्रवद्र्धन गर्ने प्रयासमा सद्गुरुदेवको अयोध्यामा प्रमुख अतिथिको रूपमा हुने ऐतिहासिक सहभागिताले उचित वातावरण निर्माण गर्नुका साथै थप बल पु¥याउने आशा पनि गर्न सकिन्छ । यसबाट पर्यटन, होटल, यातायात, कृषि, हस्तकला, सांस्कृतिक कार्यक्रम र धार्मिक सामग्रीका क्षेत्रमा रोजगारी सिर्जना हुँदै उद्यमशीलताको वातावरण विकास हुनेछ ।

    निष्कर्ष

    हामी सबै नेपालीले गर्वपूर्वक स्वीकार गर्नुपर्छ कि सद्गुरुदेव महायोगी सिद्धबाबा देशभक्त राष्ट्रप्रेमी नेपाल जननीका बरद पुत्र रत्नका रूपमा पाउनु सम्पूर्ण नेपालीको सौभाग्य हो । गुरुदेवजस्ता सिद्ध पुरुषको हाम्रो माटोमा जन्म, तपस्याबाट प्राप्त ब्रह्मज्ञान, समाज, राष्ट्र र मानवताको कल्याणमा समर्पण तथा वैदिक सनातन संस्कृतिको संरक्षण र पुनर्जागरणमा पु¥याउनु भएको योगदानलाई केबल धार्मिक वा आध्यात्मिक दृष्टिले मात्र नभई मानव कल्याण तथा राष्ट्र निर्माण र समृद्धिको लागि गरिएको प्रयासको रूपमा हेर्नुपर्छ । हामी सबैले गुरुदेवले देखाउनुभएको अध्यात्मिक मार्गदर्शनमा अगाडि बढ्नु आजको आवश्यकता हो, जसले नेपालको उज्ज्वल भविष्य सुनिश्चित गर्दछ ।

    धार्मिक पर्यटनको विकासद्वारा युवाहरूलाई वैदेशिक पलायनबाट जोगाउँदै स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने, समाजमा आत्मनिर्भरता बढाउने र आर्थिक समृद्धिको बाटो खोल्न सकिन्छ । अतः अयोध्याधामको निमन्त्रणालाई एक ऐतिहासिक अवसरको रूपमा सदुपयोग गरी धार्मिक पर्यटन प्रवद्र्धन र व्यवस्थापनलाई राष्ट्रिय रणनीति बनाएर, हामी सबै एकजुट भई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउँ, समृद्ध नेपाल निर्माणतर्फको यात्रा सुरु गरौँ । (रासस)

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    विचारः विदेश पलायन रोज्ने कि देशमै केही गर्ने ?

    ३० बैशाख २०८२, मंगलवार

    सगरमाथा संवादमा गाउँघरका कुरा

    २८ बैशाख २०८२, आईतवार

    बिपीको राजनैतिक धरातललाई टेकेर काँग्रेस बढ्न जरुरी छ

    २४ भाद्र २०८०, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    हेटौँडा । बागमती प्रदेशको राजनीतिमा बहुप्रतीक्षित परिवर्तनको संकेत दिँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको…

    मन्दिर परिसरमै चक्कु प्रहार, एकको मृत्यु

    ६ श्रावण २०८२, सोमबार

    सुनापतिको पर्यटन सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

    ६ श्रावण २०८२, सोमबार

    रसुवा बाढीका कारण चीनमा अलपत्र परेका चालकहरूलाई तातोपानी नाकाबाट ल्याइने

    १ श्रावण २०८२, बुधबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाए

    १४ श्रावण २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.