Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
लमजुङ । नेपाली कांग्रेस बीपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई लमजुङमा बहिस्कारको घोषणा गरेको छ । कांग्रेसले आफ्नो मूल्य र मान्यताविपरीतका दलसँग सत्ता प्राप्तिका लागि माओवादीसँग गठबन्धन गरेको भन्दै कांग्रेस बीपीले गठबन्धमा सहभागी नभएको बेंसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी स्पष्ट पारेको हो । कांग्रेस बिपीबाट उम्मेवार बनेपनि व्यक्तिगत स्वार्थका लागि उमेदवारले उम्मेदवारी निस्क्रिय गरेको दाबी गरिएको छ । करुवा चिन्हको उमेदवारी कायम रहेको बिपी कांग्रेसले जनाएको छ । कांग्रेस बिपीका अध्यक्ष तेजनारायण अधिकारीले आमनिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई बहिष्कार गरी कांग्रेस बिपीको करुवा चिन्हमा छाप लगाएर सत्य र न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गरे ।
काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ। मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए। सोमबारबाट भने नियमित समयमा रेल सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै रेल सञ्चालन बन्द हुनेबारे जानकारी दिएको हो।
पर्वत । पर्वत जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप सात जना घाइते भएका छन् । बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग१ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले बताए । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । ‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उनीहरुलाई पटक(पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’ प्रवक्ता राईका अनुसार अनुसार कारबाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा चार,…
काठमाडौँ । नेपाली काँग्रेस जिल्ला अनुशासन समितिले चुनावको मूर्खमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको नीति, सिद्धान्त र निष्ठा विपरीत पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरूलाई कारबाही गरेको छ । कारबाही पर्नेमा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य भरत पराजुली, रिता खनाल, क्रियाशील सदस्य रमेश ढकाल, सुजन गोपाली, नीराजन बर्तौला, किशोर राना लगायत १६ जना रहेका छन् । चुनावमा आफ्ना नेताहरूलाई जिताउनुको सट्टा अन्य दलको उम्मेदवार बनेका, पार्टी परिवर्तन गरेको कारण उनीहरूलाई कारबाही गरेको काँग्रेस मकवानपुरका अनुशासन समिति संयोजक प्रभातकुमार दाहालले बताए । काँग्रेसले निष्कासन गरेको कार्यकर्ताहरू मध्य भरत…
काठमाडौं । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने वैदिक सनातन हिन्दू धर्मशास्त्रीय परम्परा छ । दिवङ्गत पितृका नाममा शतबीज छर्न मार्गशीर्ष कृष्ण त्रयोदशीकै बेलुकीदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्छ । भक्तजन मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहानै पशुपति क्षेत्रको विशेषगरी…
बाली । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को संयुक्त बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा निर्वाचन सुरक्षाबारे तीन प्रजिअको बैठक बसेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चाहिँ हिँड्न दिइने उपाध्यायको भनाई छ । निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्री वितरणमा रोक लगाउने निर्णय पनि भएको उनले बताए । उपाध्यायका अनुसार निर्वाचनका…
काठमाडौं । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो। पौने ९ बजे उनी मृत भेटिएको डिएसपी पाण्डेले बताए। मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन्। यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो। उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल,…
जुम्ला । गणतन्त्र नेपालमा राजतन्त्रको वकालत गर्ने पार्टी सम्भवत राप्रपा मात्रै हे । यो पार्टी राजतन्त्रको पुनस्र्थापना गर्ने भन्दै भोट मागिरहेको छ । १० बर्षे सशस्त्र द्धन्द्ध र १९ दिने जनआन्दोलनले राजतन्त्रलाई रसातलमा पुराएको पनि करिब १५ वर्ष भइसक्यो तर राप्रपा भने यही तन्त्र उत्खनन्मा लागिरहेको छ । तर, राप्रपा भने इतिहासको पानामा आन्दोलनबाट थन्काएको राजतन्त्र चाहिन्छ भन्दै आफ्नो प्रमुख एजेण्डा बनाउदै आएको छ । यो पार्टीले गणतन्त्र नेपालमा परिवर्तनका धेरै कुरा स्वीकादैन । तर पनि यहि गणतन्त्र नेपालमा चुनावमा भने भाग लिदै आएको छ । राप्रपाका प्रवक्ता एवं युट्युबका भाइरल युवानेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पनि यही एजेण्डा लिएर प्रतिनिधिसभा…