Author: सूचनापाना

झापा । झापामा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीले ज्यान गुमाएका छन् । कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाका घाइते दम्पतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

Read More

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताएका छन् । अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक रोजगारीमा जानेहरूले लाखौँ रुपैयाँ तिर्न परेको गुनासो आफू समक्ष आएपछि सार्वजनिक रूपमै आफूले वैदेशिक रोजगारीमा जानका लागि पैसा तिर्न पर्दैन फ्री भिसा फ्री टिकट पाइन्छ भनेर जानकारी दिएको बताएका हुन् । ‘रौतहटमा म्यानपावरको नाममा मानिसलाई ठग्ने काम भएको र लाखौँ रुपैयाँ लिएर विदेश पठाउने गरेको जानकारी मलाई आयो, यता सरकारले फ्री भिसा फ्री टिकटको नियम नै बनाएको छ, यही नियमबारे मैले नागरिकलाई प्रस्ट पारेको हुँ’ उनले भने ‘यसोभन्दा प्रलोभनमा पारेको हुन्छ…

Read More

काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिएको हो ।

Read More

पर्वत । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै एमाके पार्टी केपी ओली प्रालिमा परिणत भैसकेको आरोप लगाए । अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बिहरगमित हुनपुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत लगाएका छन् । पटक-पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे । पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको…

Read More

बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट पार्टी पोलिटब्युरो सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङका एसपी दयानिधी ज्ञवालीका अनुसार कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्री नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका नेता-कार्यकर्ताको साथबाट निर्वाचन विरोधी पर्चा बरामद भएको ज्ञावालीले बताए । पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रो लिङ्गीको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा।आनन्दमोहन भट्टराईको एकल इजलासले आज सोमवार निर्वाचन आयोगको त्यस निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । आदेशमा भनिएको छ, ‘लैङ्गिक तथा अल्पसङ्ख्यकले मानसिक पीडा भोग्नुपर्ने अवस्था समेतलाई मध्यनजर गर्दा सो कार्य तत्काल रोक्नु आवश्यक देखिँदा अन्य कुरामा पछि ठहरेबमोजिम हुने गरी हाल निवेदनको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाउनेसम्बन्धी निर्णय र पत्राचारसमेत कार्यान्वयन नगरी बन्दसूचीमा यथावत् राख्नू ।’ आयोगले बन्दसूची र नागरिकतामा लैङ्गिक पहिचान फरक परेका प्रतिनिधि सभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना…

Read More

काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो । मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ ।

Read More

धनुषा – धनुषाका एसपी वसन्त रजौरेमाथि विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएका हुन्। प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए। नगराइन नगरपालिका–२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो। त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै…

Read More

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-७ वाग्लाकी डल्ली विक उमेरले ७१ वर्ष पुगिन्। उनी प्रत्येक निर्वाचनमा मतदाताका रूपमा साक्षी छन्। निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उनीसँग छ। वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो। भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी बिकले बताइन्। ‘निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्’, उनले भनिन्, ‘हामी एक्लै भएकाहरूलाई त्यो पनि दिँदैनन्।’ उनका अनुसार यस बस्तीमा कसले नगद बढी दिने वा भोजभतेर लगाएर भोट भनेर पार्टीको होडबाजी चल्ने गर्दछ। वाग्लाको सोही…

Read More

काठमाडौँ । दार्चुलामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन्। नौगाड गाउँपालिकामा झडप हुँदा गठबन्धनका कार्यकर्ता ३५ वर्षका जयसिंह धामी गम्भीर घाइते भएका हुन्। घाइते धामीलाई दार्चुलामै सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ। एमालेका कार्यकर्ताले धामीको टाउकोमा रडले हानेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चुनाव प्रचारप्रसारका लागि दुवै समूह एकै ठाउँमा भेट हुँदा झडप भएको थियो।

Read More