Author: सूचनापाना

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरूको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताले धमाधम बुकिङ गरेको जानकारी दिए । मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहेका छन्”, उनले भने । महासङ्घले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको…

Read More

न्युयोर्क । संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ । पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् । उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् । फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने…

Read More

काठमाडौं । अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुदैछ । निर्देशक साकार पन्तका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ । गत असोज २८ मा देशभरका हलमा प्रदर्शन भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । अमेरिकाका अन्य शहरहरुमा पनि फिल्म क्रमशः प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिएका छन् । उनका अनुसार अमेरिकासँगै फिल्म २५ नोभेम्बरमा…

Read More

काठमाडौं । पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि आर्यघाटबाट सूर्यघाटसम्मको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४९६औँ हप्तामा आज पशुपति क्षेत्रमा सफाइ गरिएको हो । छठअघिको शनिबारदेखि निरन्तर पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । निरन्तर तीन हप्ताको सफाइपछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर निकाली विश्वसम्पदा क्षेत्रलाई सफा बनाइएको छ । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका दीपक सुवेदीको नेतृत्वमा एक सय ५० जना कर्मचारी, सामाजिक…

Read More

काठमाडौं – मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि अनुमित लिनु नपर्ने आयोगले जनाएको छ । यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको…

Read More

विराटनगर । आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज सम्पन्न भएको छ । भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, राष्ट्रिय अनुन्धानका उपनिर्देशक वासुदेव सिग्देल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईं तथा भारतका तर्फबाट अररियाका डिएम इनायक खानसहित एसपी र सीमाका एसएसपी प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा मंसिर ४ गते नेपालमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा…

Read More

तनहुँ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका-२ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका-५ बगरवा घर भएका २५ वर्षीय नबिन कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासी रडले प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो । तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राती एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छोडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो । समाचारअनुसार लाखौं मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महंगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्यूटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो । शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए । यही चार्टरबाट गए राति साढे…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाका जनताको ऋण तिर्नुपर्ने अवस्थाले गठबन्धनमा छलफल गरेर नै त्यहाँ पुगेको बताएका छन् । चितवनमा गठबन्धनले शनिबार आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन नहुने पनि बताए । ‘म गोरखा जानुको अर्थ चितवन छाडेको होइन । चितवन ३ क्षेत्रका जनताप्रति आभार । मलाई विजयी गरेर चितवनको विकास र समृद्धिको खाका कोर्ने अवसर दिनुभयो । यसमा मलाई गर्व छ ।’ उनले भने । आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने प्रचण्डको भनाई छ । ‘देशभरिका जनताले…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुगेका उनले प्रेम आले मगरतर्फ इंकित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए । उनले आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न गरेका थिए । उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिइ एमालेलाई दिन आग्रह गरे ।

Read More