Author: सूचनापाना

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।  सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् । एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् । उनले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताए । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ । विगतमा भएका गल्ती…

Read More

गोरखौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे। “एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ”, उनले भने, “अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा…

Read More

धनगढी । आसन्न निर्वाचनका लागि गरिएको चुनावीसभाका क्रममा मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको स्वामित्व ग्रहण गर्न तछाडमछाड नै गरेका छन्। सर्वसम्मत रूपमा प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुमोदन भएता पनि तीनै दलका शीर्ष नेताहरूले त्यसको श्रेय लिन अग्रसर भएका हुन्। उक्त नक्सालाई तीनै दलका शीर्ष नेताहरूले चुनावी एजेन्डा बनाएका छन्। जुन विषयले विभिन्न दलका शीर्ष नेताको ध्यान तानेको छ। अा-आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्तागठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्साको प्रसंग जोडतोडले उठाए। सत्तागठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले…

Read More

मान्म । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन् । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए। “सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उनले भने, “यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।” अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताए । “हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ”, उनले भने, “यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी…

Read More

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ ।…

Read More

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

Read More

सुदूरपश्चिम । ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाए । सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढङ्गले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताए । सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्शा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभइ आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले चुच्चे नक्शा…

Read More

महेन्द्रनगर । कञ्चनपुर ३ मा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी एजेन्डा बनाइरहेका छन्। ०७४ को निर्वाचनमा समेत चुनावी एजेन्डा बनेको दोधारा चाँदनी सुख्खाबन्दरगाह निर्माणको विषय दलीय प्राथमिकतामा परे पनि काम भने सोचेअनुसार अघि बढेन। चालू आर्थिक वर्षमा सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रियागत सुरुवातका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेर बन्दरगाह निर्माणको प्रक्रिया अघि बढे पनि प्रस्ताव भने ०६४ सालमा भएको थियो। बितेको चार वर्षमा सुक्खा बन्दरगाह निर्माणस्थल परिर्वतनबाहेक देख्नेगरी कुनै काम नभएको दोधारा चाँदनीका स्थानीयको भनाइ छ। लामो समय दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा बनाउन प्रस्ताव गरिए पनि त्यहाँ स्थानीयको…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले चुनावी प्रचारका लागि प्रयोग गरेको गाडीमाथि प्रहार भएको छ। चितवन-२ का उम्मेदवार लामिछाने घरदैलोको क्रममा उनको गाडीमाथि प्रहार भएको हो। उक्त पार्टीले सामाजिक सञ्जालमार्फत लामिछानेको गाडीमाथि प्रहार भएको जानकारी दिएको छ। ‘आज पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको छ। निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने राज्य मुकदर्शक बनेको छ’ उक्त पार्टीले सामाजिक सञ्जालमा लेखेको छ। गाडीमाथि प्रहारपछि लामिछानेले सरकारको नियममाथि प्रश्न गरेका छन्। उनले प्रहरीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरू को बाट परिचालित हुनुहुन्छ? मलाई डर चाहिँ छैन तर म यहाँ सुरक्षित छैन।’ उक्त गाडीमा प्रहार गरेको एउटा भिडियो भने सार्वजनिक…

Read More

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सह-आयोजक बनाएको छ । आइसिसीले २०२७ मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

Read More