Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
एजेन्सी । अफगानिस्तानका नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा रहेका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको छ । प्रतिवेदनमा अफगानी नागरिक विश्वकै विकराल भोकमरीको समस्यामा रहेका उल्लेख छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै सङ्ख्या हो । प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षासाथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका…
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा गरेको दाबी गरेका छन्। शुक्रबार चुनावी प्रचारप्रसारको लागि धरान पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी तानेर एमालेले डाँडामा ल्याउने दाबी गरेका थिए। धरानमा पानीको विकराल समस्या भएको तर मेयर छान्ने बेलामा धराने जनताले आँखा नदेखेको भन्ने टिप्पणी गरेपछि मेयरले साम्पाङले धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई ओलीले अपमान गरेको टिप्पणी गरे। मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले, उनले सामाजिक सञ्जालमा…
काठमाडौं । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् । शनिबार काठमाडौं– १ मा चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता जनाए । उनले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुराको महसुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए । ‘१५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५…
मध्यविन्दु (नवलपरासीपूर्व) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उमेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् । गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए । “जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भने । केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको…
गुल्मी । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) लाई हरेक बिहान कम्तीमा दुई घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिनु पर्छ । उनी १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनी गिट्टी कुट्न छिर्नी पुग्छिन् । विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काम सुरु गरिन् । तर, एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उनीलगायतकाको समस्या समधानका लागि आश्वासन धेरै आए पनि व्यवहारिक रुपमा कसैले पनि काम गरेको छैन । स्थानीय सरकारले पनि समस्या…
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गएराति ठमेलस्थित एलओडी नाइट क्लव पुगे । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवा थिए । जसले नारा लगाए– ‘केपी बा’ । ओली एलओडी पुग्नुको कारण थियो, र्याप गाउनु । सहर सहरमा ओली र्याप क्लवमा घन्कियो । जसमा एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ । जसमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भू–भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ । ओली आफैँले पनि र्याप गाए, रमाइलो गरे । क्लवमा उपस्थित युवामा जोश भरे । र, आशन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेको पक्षमा माहोल खडा गरे । ओली…
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर सशस्त्र प्रहरीको एपीएफ क्लबले बलिङ गर्दैछ । आर्मीका सोमपाल कामीलाई खेल्न दिने सहमति भएपछि ढिला गरी टस भएको हो । उनको सहभागितालाई लिएर विवाद हुँदा खेलमा ढिलाइ भएपछि ५० ओभरको खेल ४० ओभरमा घटाइएको छ ।खेल त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।आर्मीले १४ सदस्यीय टोलीमा ब्याट्सम्यान अनिल मण्डलको स्थानमा सोमपाललाई ‘प्लेइङ–११’ मा राखेपछि विवाद भएको थियाे । प्रतियोगिताको सुरुमा सोमपालको नाम आर्मीको टिममा थियो । तर, बीचमा डेंगी भएका कारण आर्मीले सोमपालको स्थानमा अनिललाई टिममा स्थान दिएको थियो । सोमपाल ठिक भएपछि भने आर्मीले सोमपाललाई खेलाउन लागेको हो ।…
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक अप्रिलमा उनको घरबाट चोरी भएको उनको फाउन्डेसनले पुष्टि गरेको छ । स्थानीय सञ्चार माध्यममा आएको विवरणअनुसार उनको केप टाउनको घरमा लुटपाटको क्रममा पुरस्कार पनि चोरी भएको जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे क्लर्कले पुरस्कार प्राप्त गरेका थिए । दक्षिण अफ्रिकी सञ्चारमाध्यमका अनुसार प्रहरीले कुनै पनि पदक बरामद गरेको छैन । स्थानीय समाचार वेबसाइट न्यूज२४ सँग कुरा गर्दै डे क्लर्ककी विधवा एलिटाले भनिन् विदेश यात्राबाट घर फर्किदा पदकसहित बहुमुल्य सामग्री चोरी भएका थिए । “मैले यस वर्षको अप्रिलमा हामी…
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यको सामना गर्न मद्दत गर्नको लागि ४.५ अर्ब डलरको सहयोग प्याकेज उपलब्ध गराउन प्रारम्भिक सम्झौता गरेको जनाएको छ । रुसले युक्रेनमा गरेको आक्रमणपछिको मूल्यमा भएको तीव्र वृद्धिले अन्य एसियाली अर्थतन्त्रहरू जस्तै बंगलादेशलाई नराम्ररी असर गरेको छ, जसका कारण सर्वसाधारणहरु सडक आन्दोलनमा उत्रिएका छन् । करिब १७ करोड जनसंख्या भएको दक्षिण एसियाली देशले यस वर्षको सुरुमा सहयोगका लागि आईएमएफलाई सम्पर्क गरेका थिए । आईएमएफ र ढाकाका प्रतिनिधिहरूले विभिन्न सुविधाहरू अन्तर्गत कुल ४.५ बिलियन डलरको साथ ‘बंगलादेशको आर्थिक नीतिहरूलाई सहयोग गर्न कर्मचारी स्तरको सम्झौतामा पुगेका थिए’ संस्थाले एक विज्ञप्तिमा भन्यो । यो…
खुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकोप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटो भरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यवस्था नहुँदा पर्यटकलाई निकै सकस हुने गरेको छ । स्थानीयलाई झनै सकस हुन्छ । पर्यटक र स्थानीयवासी…