Author: सूचनापाना

काठमाडौं। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाता शिक्षा कार्यक्रमअन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मा. वि./कलेजमा विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ । निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो । क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिहं आर. सि.ले बताए । नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा…

Read More

अछाम । नेकपा माओवादी केन्द्रका बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कार्तिक २६ अर्थात भोली अछाम आउने भएका छन । गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न बरिष्ट उपाध्यक्ष श्रेष्ठ अछाम आउन लागेको नेकपा माओवादी केन्द्रका सुुदुुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष अक्कल बहादुुर रावलले जानकारी दिए । रावलका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्तिक २६ अर्थात भोली जिल्लाको कमलबजारमा चुनावी सभाको आयोजना गरिएको छ । उक्त सभामा बरिष्ट उपाध्यक्ष श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम तयार भएको छ ।अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त रुपमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको संयुक्त चुनावी सभामा जिल्ला…

Read More

काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । आज शुक्रवार पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले काठमाण्डाै उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताए । नागरिक आयोग गठन गरी विसं २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने उनकाे भनाइ थियाे । फागुनसम्म अस्तिका सबै सांसदले तलब भत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’-लिङ्देनले भने । उनले आफू संसदमा एक्लो भएकाले आउँदाे चुनावबाट…

Read More

धादिङ । गुण्डा नाइके राधा कृष्ण भण्डारी ‘राधे’ जेल चलान भएका छन् । खुकुरी प्रहार गरेको आरोपमा जिल्ला अदालत धादिङका न्यायाधीश स्विकृती पराजुलीको इजलासले राधेसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । धादिङ बेसीस्थित बीच बजारमा अशोक गुरुङलाई खुकुरी प्रहार गरेका थिए । गत कात्तिक १ गते निलकण्ठ नगरपालिका वडा नम्बर ४ घर भएका भिम गुरुङमाथि राधेले खुकुरी प्रहार गरेका हुन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका राधे र उनको समूहले धादिङका विभिन्न स्थानमा आतंक नै मच्चाउँदै आएको छ ।

Read More

धनगढी । चुनाव प्रचारको नाममा प्रयोग भएका सवारी साधनमा विभिन्न तरिकाले तस्करी हुन थालेको छ। नेपाली काँग्रेस र माओवादीका उम्मेदवारहरुको प्रचार गर्ने नाममा सुर्खेतमा काठ तस्करी हुँदै गरेको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुर्खेतमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको प्रचारमा प्रयोग गरिएको फ्लेक्स ब्यानर र झण्डाले छोपेर काठ तस्करी गरेको भेटिएको हो। निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानीलगायतको प्रचार सामाग्रीले छोपेर चिरानी गरिएका काठ लैजाँदा गर्दा प्रहरीले पक्रेको बताइन्छ। काठ लोड गरिएको पिकअपको पछाडिको भागमा ठूलो ब्यानर झुण्डाइएको थियो भने दायाँ बायाँ काँग्रेस र माओवादीको झण्डा फहराइएका थिए।

Read More

काठमाडौं । नेपाली कांग्रेसले बारा ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार इच्छाबहादुर वाग्लेमाथि कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारबाही गर्ने निर्णयअनुसार शुक्रबार कांग्रेसले वाग्लेको क्रियाशील सदस्यता पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको हो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच (पाँच) वर्षका लागि क्रियाशील सदस्यता हटाइएको जनाएको छ ।

Read More

चौतारा । चर्चित हास्य कलाकार सुरवीर पण्डित ‘दारी बाजे’ ले सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।   हास्य प्रस्तुतीमा दारी बाजे नामले चर्चित पण्डितले सिन्धुपाल्चोक १ मा भएका विभिन्न कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा र देश सभा उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे । लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुतिसहित सापकोटा र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने सुनाए । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क थियो । यसअघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी…

Read More

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन । राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् । यस नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल सञ्चालन भइरहेको छ । तत्कालीन समयमा महाकाली नदीमा इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुङगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ । सुदूरपहाडका लागि भारत जोड्ने यो मुख्य नाकाका रूपमा रहेको यहाँ मोटरेबल पुल…

Read More

वासिङटन । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको हो । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सहयता ‘प्याकेज’मा ‘एयर डिफेन्स सिस्टम’ का लागि युक्रेनलाई ‘ग्रिनेड लञ्चर’तोप, गोलाबारूद, साना हतियारसहितका अन्य अत्याधुनिक हातहतियार उपलव्ध गराइने सञ्चारकर्मीहरूलाई बताएका छन् । अमेरिकाले पनि खेरसन सहरबाट रुसी सैनिक फर्कने सङ्केत पाएको उनले बताए ।रुसका रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि मस्कोले सेनालाई खेरसनबाट फर्कन आदेश दिएको हो । उक्त शहरलाई…

Read More

सोल । दक्षिण कोरियामा बिहीबार मध्यरातीसम्म कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख ९१ हजारजनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती सङ्क्रमित थपिएका हुन् । यहाँ कोभिड महामारी सुरु भएयता सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा बिहीबार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ४७ हजारमा मात्र स्क्रमण…

Read More