Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट (अनेरास्ववियु) का नेता उज्ज्वल कडरिया नेपाली काँग्रेस प्रवेश गरेका छन् । अनेरास्ववियु पूर्व बागमती प्रदेश कमिटी सदस्य कडरिया बिहीबार साँझ काठमाडौंमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप भट्टराई, नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति एवं रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको हातबाट माला लगाउँदै काँग्रेस प्रवेश गरेको नेपाल तरुण दल रामेछापका सहसचिव जीवन कार्कीले जानकारी दिए । कडरिया एमालेका विभिन्न तहमा बसेर काम गरेका नेता हुन् । उनी तीन लाल खबर डटकमका संचालक एवं सम्पादक समेत हुन् । करडियालाई निवर्तमान जिल्ला पार्टी सभापति न्यौपानेसहित तरुण दलका अध्यक्ष एवं गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), तरुण दलका…
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ । जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्हसहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन भनिएको हो । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३ ×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक सामग्री प्रदर्शन गर्न पाइदैन । तर जनता समाजवादीले आचारसंहिताविपरीत फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको हो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताएकी छन् । १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा उनले महत्त्वपूर्ण योगदान पुर्याएको बताएकी छन् । उनको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरिन्छ । ‘उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु,’ भण्डारीले भनेकी…
सुर्खेत । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । वीरेन्द्रनगर नगरपालिकाका १० वटा निर्वाचन केन्द्रलाई अपांग महासंघको समन्वयमा अपांगमैत्री बनाइने भएको हो । दृष्टिविहीन, शारीरिक अपांगता भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हुने कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइने जनाइएको छ।
काठमाडौं । ४ मंसिरमा हनुे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई-दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो । देशभर १ करोड ७९ लाख ८८…
जाजरकोट भेरी नगरपालिका-४ स्थित मालिकाबाट देखिएको रुकुम पूर्वको सिस्ने हिमाल । तस्बिर : रासस
काठमाडौं । आसन्न निर्वाचनका लागि प्रचारप्रसार गरिरहेका उम्मेदवारले अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाइने जनाएका छन् । विज्ञापन गर्दा सःशुल्क विज्ञापन भएको जनाउनुपर्ने शर्त राखिएको छ । उम्मेदवारले रोडब्लक, कन्टेन ब्लक, होमपेज ब्यानर, डिटेल पेज ब्यानर, समाचारको बीचमा बक्स विज्ञापन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । यसरी विज्ञापन गर्दा प्रचार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वैषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो गरेमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने जनाइएको छ ।
दार्चुला – नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएका छन्। गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका-९ का सुरेश बादी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ।
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसबाट मानबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् । यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको थियो । उम्मेदवार लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । उनले समर्थकसहित गएर मनोनयन दर्ता गरेका हुन् । निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको थियो ।
बागलुङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागले कारबाही गर्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रूपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ । आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन् । सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन्…