Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन् । ‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैनु, उनी भन्छन्, ‘पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम आउने र कम गुलियो छ ।’ कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताए । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ । ‘पहिले रासायनिक मल भन्ने नै थाहा थिएन ।…
काठमाडौं । दशैं, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् । जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए । ‘दसैँ, तिहार र छठको बिदासँगै यहाँका होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छु, उनले भने, ‘अघिल्ला वर्षहरूको यो समयमा होटलको अकुपेन्सी मुस्किलले ४० प्रतिशत पुग्ने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुगेको छ ।’ नारायणी नदी किनारबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक नदी किनारका होटलमा केन्द्रित हुने गरेको पराजुलीको भनाइ छ…
बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
काठमाडौं । फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने विश्वकपका बुधबार स्विट्जरल्यान्डले २६ सदस्यीय टोलीको घोषणा गरेको हो । स्विट्जरल्यान्डले घोषणा गरेको टोलीका ७ खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा स्विट्जरल्यान्ड समूह ‘जी’ मा छ । स्विट्जरल्यान्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
एजेन्सी । युक्रेनी सेनाको जबाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन शहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको छ। “सेना फिर्ता गर्न सुरु गर्नुहोस्,“ रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भने । कमाण्डरले शहरबाट फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने “कठिन निर्णय“ प्रस्ताव गरेका थिए । खेरसन सहर रूसले आफ्नो “विशेष सैन्य अपरेसन“ को समयमा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो र फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोको सेनाद्वारा नियन्त्रित एक मात्र क्षेत्रीय राजधानी थियो । युक्रेनका सेनाले हप्तौंदेखि ब्ल्याक सी नजिकैको सहर जाने…
रसुवा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । स्वतन्त्र उम्मेदवार पाटीखर्कका लिलाबहादुर न्यौपाने, बनुवा छापका रामशरण पौडेल र धुञ्चेका कार्सा वाङ्दी तामाङ पनि चुनावी प्रचारप्रसारमा होमिएका छन् । प्रतिनिधिसभातर्फ नेकपा माओवादीसमेतको गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, नेकपा एमालेको तर्फबाट…
काठमाडौं – डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए । बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिन् । छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो । माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताइन् । पति र छोरी…
काठमाडौं । विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ । संजालको आइसल्याण्डमा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको हो । ‘वुमन पोलिटिकल लिडर्स्’ का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारी बुधबार महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी भएकी थिईन् । त्यहा उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेकी थिईन् । राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिईन् । भण्डारी भ्रमण सम्पन्न गरी यहि शनिबार बिहान स्वदेश फर्कने…
एजेन्सी – हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ । देशको सबैभन्दा खराब प्रकोप मध्ये एकको संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । गरीब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ, जुन राष्ट्रसंघका अनुसार १० वर्षमा राष्ट्रलाई प्रभावित गर्ने सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ । आयागले सानोठिमी क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न त्रिभुवन विश्वविद्यालयमार्फत् निर्देशन दिएको हो । साथै सानोठिमी क्याम्पस प्रमुखलाई स्पष्टीकरण पनि सोधिएको छ । यो क्याम्पसले निर्वाचन आचारसंहिता लागू भइसकेपश्चात विज्ञापन खोलेको थियो । ‘उल्लिखित सन्दर्भमा यदि त्यस विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको अवस्था भए तत्काल ती प्रक्रिया बदर गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ । साथै यस पत्रमा आवश्यक कारवाही गरी तीन दिनभित्र सोको जानकारी आयोगलाई गराउन समेत अनुरोध छ,’ पत्रमा भनिएको छ । आयोगले उक्त क्याम्पसका…