Author: सूचनापाना

ग्वानाजुआन्टोे । मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन् । घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधबार राति भएको हो । मेक्सीको डेली पोष्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका सातजनाले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना पुरूष र सात जना महिला मारिएका छन् । बारका सञ्चालक पनि आक्रमण मारिएको आशङ्का गरिएको छ । एउटा गाडीमा दुई जनाको शव भेटिएको थियो । आक्रमणका क्रममा बारबाट भागेका उनीहरूलाई गाडीमा गएर गोली प्रहार गरिएको आशङ्का सुरक्षाकर्मीले गरेका छन् । आक्रमणकारीको व्यापक खोजी भइरहेको छ । उक्त बारमा आक्रमण हुनुको कारण खुलेको छैन…

Read More

काठमाडौँ । पल शाहको तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दायर गरिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुक्रबार शाहको तर्फबाट उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेको जानकारी दिए । पलविरुद्ध नाबालिगलाई जबरजस्तीकरणी गरेको मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो । जबरजस्ती करणीको अभियोजनमा सफाई दिए पनि पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो । सोही फैसलामा चित्त नबुझेको भन्दै पलका तर्फबाट पुनरावेदन दर्ता गरिएको हो । जिल्ला अदालतको फैसलामा नाबालिगमाथि बलात्कार भएको पुष्टि हुन नसकेको…

Read More

मुम्बई । भोजपुरी अभिनेत्री अक्षरा सिंह प्रहरीको ‘फरार’ सूचीमा परेकी छन् । प्रहरीले उनको पटनास्थित घर बाहिर ‘फरार’ पोस्टर टाँसेको छ । यो मामिला सन् २०२१ को हो । सन् २०२१ अप्रिलमा अक्षरा बाहुबली मुन्ना शुक्लाको डान्स पार्टीमा सहभागी थिइन् । डान्स पार्टीमा कैयौं नियम उल्लंघन भएपछि त्यहाँ फायरिङसमेत भएको थियो । उक्त डान्स पार्टीविरुद्ध दर्ता भएको एफआईआरमा अक्षरालाई पनि अभियुक्तका रूपमा प्रस्तुत गरिएको थियो । एफआईआर दर्ता भएपछि अक्षरा फरार थिइन् । उनलाई दुई महिनाअघि मात्र यो मामलामा अदालतबाट गैर जमानती वारेन्ट जारी गरिएको थियो । जसकारण उनी फरार रहेको पोस्टर प्रहरीले प्रकाशन गरेको हो । लालगन्ज थानाका प्रहरीले…

Read More

काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् ।  ‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने । देश कस्तो बनाउने भन्ने नेतृत्वमा परिकल्पना चाहिने बताएका उनले देशमा भएका भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सकेमा आर्थिक विकास सम्भव रहेको बताए । भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ ।

Read More

काठमाडौँ । राजीव गान्धी हत्या प्रकरणमा भारतीय सर्वोच्च अदालतले शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको छ । जसमा नलिनी र आरपी रविचन्द्रन पनि पर्छन् । उनीहरु सबै आजीवन कारावासको सजाय भोगिरहेका छन् । मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् । २१ मे सन् १९९१ मा एक चुनावी सभाका बेला तमिलनाडुमा एक आत्मघाती हमलामा राजीव गान्धीको हत्या…

Read More

भैरहवा । देशमा निर्वाचनकाे माहाेल बढेकाे छ । सुरक्षाकर्मीहरू पनि निर्वाचनमै केन्द्रित बनेका छन् । ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा सयाैं सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निर्वाचनकाे सुरक्षामा खटिएकाे माैका पारेर सीमावर्ती क्षेत्रमा तस्करी माैलाएकाे छ । अहिले गहुँ छर्ने समय हाे । किसानलाई मलको सकस छ । एक दुई बोरा मल ल्याउन नसके बाली लगाउन समस्या हुने भन्दै किसानहरू भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्याउन्नमा लागेका छन् । जसकाे फाइदा तस्करहरूले उठाइरहेका छन् । तस्करहरूले खुलेआम मोटरसाइकलले थेग्न नसक्ने गरी सुरक्षाकर्मीकै युनिट अगाडिबाट तस्करी गरिरहेका छन् । रुपन्देही गृहमन्त्री बालकृष्ण खाँणकाे गृहजिल्ला हाे । उनी अहिले निर्वाचन…

Read More

काठमाडौँ। लोकतान्त्रिक(वाम गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा।बाबुराम भट्टराईले सम्बोधन गर्ने नेपाली काँग्रेस चितवनले जनाएको छ । यस्तै नेकपा एमालेले पनि चितवनमा चुनावी सभा गर्दैछ । एमालेको सभा कात्तिक २८ गते छ । सो सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आउने छन् ।

Read More

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि बलिउड चलचित्र ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् । ‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हो । ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल भित्र्याएको हो । नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग समेत गरिएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर,…

Read More

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर उच्च माविमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)समेतको दलले चुनावी सभा आयोजना गरेको विषयमा निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ। आयोगले दार्चुला १ (१) मा काँग्रेसका उम्मेदवार विक्रम सिंह धामी, प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी र विद्यालयका प्रधानाध्यापक धनञ्जय जोशीलाई स्पष्टीकरण सोधेको हो। त्यस्तै, दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आयोगले मन्त्री बडूलाई सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ ।  चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ । मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् ।

Read More