Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । आगामी संसदीय निर्वाचनमा मतदाताले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् । ४ मंसिर आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरू मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने भएका छन् । त्यसका लागि व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको(नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने…
धनगढी – सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहराको ज्यान गएको छ । भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान ६।६ म्याग्निच्युडको भूकम्प गएको हो ।डोटीमा मंगलबार राति…
केप टाउन । दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ । “उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए । उनले आफ्नै घरमा पनि निशाना बनाए,“ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भने । “उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे…
काठमाडौं र मोरङबाट देखिएको चन्द्रग्रहणको दृष्य सकिमिला पूर्णिमाको दिन मंगलबार राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय सिंहदरबारबाट देखिएको चन्द्रग्रहणको दृष्य । तस्बिर ः रासस मोरंगको सुन्दरहरैचा नगरपालिका वडा नं ७बmउस बाट मंगलबार साँझ देखिएको चन्द्रग्रहण । तस्बिर ः रासस
भैरहवा – भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले विहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, विहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो । प्रारम्भिक तथ्याङक अनुसार २ करोड बण्किो…
दमौली । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा अघिल्लो मङ्गलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । घर नजिक रहेको गोठबाट चितुवाले आक्रमण गर्दा आठ वर्षीय अभिनव कुँवरको ज्यान गयो । उनको शव घरभन्दा दुई सय मिटर टाढा जङ्गलमा फेला परेको थियो । बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा गत कात्तिक ४ गते चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भयो । बिहान ६:३० बजे घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा बालिका चितुवाको आक्रमणमा परेकी थिइन् । एकै महिनामा भएका यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन् । तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आतङ्क बढ्दै जान थालेको छ । घरआँगनबाटै बालबालिका चितुवाको सिकार हुन थालेपछि…
जेनेभा । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०का क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार,पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको सोमबार बताएका हुन् । युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् । मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय…
धनगढी – चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतवारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् । कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने, “सम्पर्कमा आउने सन्तुष्ट असन्तुष्ट नेता कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाई बुझाई गरिरहनु भएको छ ।” भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता कार्यकर्तासँग जानकारी लिइरहेका छन् । धनगढी आएपछि प्रधानमन्त्रीको त्यस्तो औपचारिक चुनावी कार्यक्रम भने भएको छैन…
काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुँयाल चुनावी प्रतिस्पर्धामा छन्। घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने फुँयाल एक्लै चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका माधवकुमार नेपाल सो क्षेत्रमा विजयी भएका थिए । नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्र्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गरेका थिए । अहिले नेपाल नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष छन् । त्यतिबेला…
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे । जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए । उनले भने ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी,…