Author: सूचनापाना

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र…

Read More

मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए । उनका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, “एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।” घाइतेको जुम्लास्थित कर्णाली…

Read More

चौतारा । सिन्धुपाल्चोकको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला सुरु भएको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने गर्दछ । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौरतीभीमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने गरेका छन् । पौराणिककालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्यमूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौरती…

Read More

नवलपरासी पूर्व । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए । मुख्यमन्त्री आचार्यलाई मन्त्रीबाट हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखलाई पत्र पठाउने भएका छन् । आचार्य भट्टराई नेतृत्वको पार्टीबाट गोर्खा क्षेत्र नम्बर २ को १ बाट उनी विजयी भएका हुन् । उनलाई त्यतिबेला नेपाली कांग्रेसले सर्मथन गरेको थियो । मंसिर ४ गतेको निर्वाचनमा उनलाई टिकट नदिएर फणिन्द्र देवकोटालाई प्रदेशसभामा उम्मेदवार बनाइएको छ । देवकोटा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभा सदस्यमा…

Read More

काठमाडाैं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् । राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकताबिहीन भएका छन् । तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ को निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ । जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना रहेका छन् ।…

Read More

धनगढी । बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको साइपाल गाउँपालिका-३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले घाइते गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको जानकारी दिइन् । उनलाई उपचारका लागि अन्यत्रै पठाइएको छ ।

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्। विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी आज बेलुकी आइसल्याण्ड प्रस्थान गरेकी हुन् । कोरोना महामारीपछि राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण हो।

Read More

प्योङयाङ । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन गर्दै ती देशलाई “दीगो, दृढ, र भारी“ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ। उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’ समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले चार ब्यालेस्टिक मिसाइलहरू प्रहार…

Read More

सोलुखुम्बु । सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन् ।  मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए । मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भब रहेको बताएका उनले छेस्कामबाट गुदेल जाने बाटोको स्तरोन्नति सँगै मोटरेवल पुल बनाउने प्रतिबद्धता जनाएका छन् । पर्यटन प्रवद्र्धनका लागि मेरापिक हिमालय रेन्ज मकालुवरुण राष्ट्र्यि निकुञ्ज एंव चाम्लाङ हिमाल आरोहण सहज बनाउन गठबन्धन उम्मेदवारलाई निर्वाचित गराउनृुपर्ने मतदातासँग आग्रह गरे । सोलुखुम्बुको अधिकांश विद्यालय आफ्नो पहलमा…

Read More

एजेन्सी । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु…

Read More