Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडाैं । मकवानपुरको थाहा नगरपालिका ‘कल्चर र नेचर’को केन्द्र भएकोले यसलाई प्रवद्र्धन गरी पर्यटनसंग जोडर विकास गरिने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन् । नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनामा समेटर थाहानगरलाई विकास गरिने पर्यटन मन्त्री श्रेष्ठको भनाइ थियो । नेपालमा ‘कल्चर, नेचर र एड्भेन्चर’ पर्यटनको उच्च संभावना रहेको हुँदा त्यस्तो संभावना थाहानगरको पनि रहेकोले विकास गर्न सकिने मन्त्री श्रेष्ठको भनाई थियो । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौंको वसन्तपुर डबलीमा १८ कात्तिकबाट आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । ‘थाहा नगरपालिका आफैमा सुन्दर रहेको…
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका ‘सिनेटर (सांसद) की श्रीमतीको गोपनीयता’ माथि भएको हमलाको निन्दा गरेका छन् र प्रधानन्यायाधीशलाई यसको संज्ञान लिन आग्रह गरेका छन् । उनले सम्पूर्ण पाकिस्तानको तर्फबाट सांसदकी श्रीमतीसँग माफी मागेका छन् । वास्तवमा इमरान खानको बयान सिनेटर आजम स्वातीको त्यो पत्रकार सम्मेलनपछि आयो जसमा उनले उनको र उनको परिवारमाथि के भएको थियो विस्तृत जानकारी दिएका थिए । आजम स्वातीले के भनेका थिए ? पत्रकार सम्मेलनमा आफ्नो व्यथा सुनाउँदै स्वाती रोएका थिए । उनले उनकी श्रीमतीलाई कुनै अपरिचित नम्बरबाट उनको र उनकी श्रीमतीको ‘आपत्तिजनक भिडियो’ पठाइएको जानकारी दिए । साथै, उनले भने, ‘यो भिडियोबारे भन्न…
काठमाडौँ । अमेरिकाको फिलाडेल्फियास्थित केन्सिङटन क्षेत्रको एक बारबाहिर अन्धाधुन्ध गोली आक्रमण भएको छ। शनिबार राति भएको यो आक्रमणमा परी कम्तीमा १२ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ भने घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म घाइतेहरुको अवस्थाको विषयमा भने थप जानकारी आउन बाँकी छ। के कारणले यो आक्रमण भएको हो भन्ने पनि खुल्न सकेको छैन भने प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा कसैलाई पक्राउ पनि गरेको छैन। पछिल्लो समय अमेरिकामा गोली आक्रमणका घटनामा उल्लेख्यरुपमा बढेका छन्।
लन्डन । बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ । लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् । मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् । उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ । प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ । विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र…
काठमाडौं । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । इरानको सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट इरानी सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । यसैबीच, प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गर्नुका साथै केही सरकारी भवन तोडफोड गरेका छन् । स्थिती नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले दर्जनौ सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राजधानी तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला इरानमा थप हिंसात्मक घटनाहरू हुन थालेका छन् ।…
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ । देउवा गत बुधबार मात्र काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार डडेल्धुरा पुगेका देउवाले तीन दिन चुनावी सभालाई सम्बोधन गरे । देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आमसभालाई सम्बोधन गरेका थिए । उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए । देउवाले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर…
काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। ‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ,’ स्रोतले भन्यो । दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय…
काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड १९ को संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरू पनि बढेका हुन् । गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेको युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए । चालू आवको तीन महिनामा यो रकम बढेर १९ करोड २ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा झण्डै दोब्बर हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक रोजगारीका नाममा हुने ठगी ९ करोड २ लाख रुपैयाँ रहेको…
मस्को । रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा बिहान आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ । मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले रिपोर्ट गर्यो, “कोठा द्रुत रूपमा धुवाँले भरिन थाल्यो र बाहिर निस्कनेहरू देख्न गाह्रो भयो। त्यहाँ सर्वसाधारण आतंकित बनेका थिए । “ आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।
काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।