Author: सूचनापाना

रामेछाप । शनिबार जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको ज्यान गएको छ । लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टीदाँ स्थानीय प्रेमबहादुर सुनुवारको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । अनुसार दुर्घटनामा परिचय नखुलेका अन्य व्यक्ति पनि सोही ट्याक्टरमा घर फर्किदै गरेका तीन जना पनि घाइते भएका छन् । घाइते मध्ये एक जनाको…

Read More

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हो । देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा हाम्रो नेपाली दलसँग कुनै आबद्धता नै भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो । ‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा…

Read More

भैरहवा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारतका सुरक्षा निकाय र प्रशासनबीच सीमा सुरक्षा बैठकले ७२ घण्टा सिमा नेपाल भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शनिबार नेपालतर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारततर्फबाट सिद्धार्थनगर, महाराजगंजका सुरक्षा अधिकारीहरु बीच भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट वोर्डर बन्द (सिल) गर्ने निर्णय गरेको हो । बैठकले सिमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान…

Read More

काठमाडौं । निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टिकरण सोधेको हो । शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ । उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

Read More

विराटनगर । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सो कुरा बताएका हुन् । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’ निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न उनले जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताए । उनले…

Read More

काठमाडौं ।  नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’ को होस्टमा अभिनेता अनुपबिक्रम शाही अनुबन्धित भएका छन् । डिएआर मुभिजको फम्र्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका अन्य प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ । यस शोका विजेताले नगद १५ लाख र कार प्राप्त गर्नेछन् । फरक प्रकृतिको यो शो पहिलो पटक एक साथ दुइ वटा टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ । नेपाल नेटवर्क टेलिभिजन र एपीवन टेलिभिजनबाट एक साथ प्रशारण हुने शोको निर्माणमा ठुलो लगानी हुने डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । ‘सेभेन डेज सुपर च्यालेन्ज’ को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।…

Read More

टीकाप्रसाद भट्ट,रामेछाप । मंसिर ४ मा हुने निर्वाचन आउन केहि दिन मात्र बांकी रहेको बेला रामेछापको सवैभन्दा सुदुर उत्तरी वस्ती लाहाछेवरमा भने चुनावको चर्चा पुगेको छैन् । एकलासको वस्तीमा कोहि नेता मत माग्न पुगेका छैनन् । लोकतान्त्रिक गठवन्धनका उम्मेदवार वडा केन्द्र पुगेर फर्केका छन् भने एमालेका उमेदवार पनि लाहाछेवर पुग्ने कार्यक्रम छैन् । चुनावमा मुख्य प्रतिस्पर्धि ति दुई पार्टी मात्र हुन । अरु उमेदवारले त सुगम स्थानमा पनि सवै क्षेत्रमा प्रचार लादैनन् । ‘यो पटक मात्र हैन, हाम्रो वस्तीमा कुनै चुनावमा पनि नेता भोट माग्न आईपुग्दैनन्’ स्थानीय आङभाई शेर्पाले भने – आफै वुझेर भोट हाल्ने गरेका छौं । छावाछेवर उमाकुण्डको…

Read More

जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताए। धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिए । धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न…

Read More

काठमाडौं । बंगलादेशमा जारी साफ १५ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । नेपाल शनिबार लगातार दोस्रो जितको योजनामा हुनेछ । तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन । आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो । नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३…

Read More

एजेन्सी । रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेको बताइएको छ । विभिन्न अपराधमा संलग्न भएर सजाय भोगिरहेकालाई पनि युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरिएको बीबीसीले जनाएको छ । युक्रेनमा विभिन्न अपराधमा संलग्न भएर सजाय भागिसकेकालाई पनि राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित गराइएको छ । यसैबीच युक्रेनमा आक्रमणमा क्रमम रुसी सैनिकले अपराध गरेको आरोप पनि लगाइएको छ । युक्रेन सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले गत सेप्टेम्बरमा जारी सार्वजनिक गरेको प्रतिवेदन अनुसार रुसी सेनाले युक्रेनमा आक्रमणका…

Read More