Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
गोरखा । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गोरखामा आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखिएको बताएका छन् । गोरखा सदरमुकाममाआज भएको भएको पत्रकार सम्मेलनमा उनले हालसम्म प्रतिस्पर्धीलाई देख्ने र चिन्ने अवसर नै नपाएको भन्दै कटाक्ष गरेका हुन् । उनले आफू बारम्बार गोरखाका हरेक गाउँबस्तीमा पुग्दा समेत आफ्नो कुनै प्रतिस्पर्धी नभेटाएको बताए । उनले भने,‘गोरखामा आउँदा जाँदा अरु कुनै उम्मेदवारको चहल पहल नै देख्दिन । मैले त यहाँ अझैसम्म मेरो प्रतिस्पर्धी नै भेटाएन ।’ गोरखाको क्षेत्र नं २ मा आफ्रनो प्रतिस्पर्धी नै नभएको उनको भनाइ छ । केही समय अगाडि स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकाअब्दुस…
रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते निर्वाचन हुँदैछ तर मतदातामा भने खासै उत्साह छैन । प्रत्येक निर्वाचनमा नेताहरु घर दैलोमा आउने, भोट माग्ने र जाने तर जिताएर पठाएपछि नागरिकको समस्या नबुझ्ने हुँदा नागरिकमा निराशा छाएको हो । अहिले विभिन्न टोल बस्तीमा होस् वा चोक चौतारीमा नागरिकको छलफल र चर्चाको विषय चुनाव बनेको छ । यतिबेला उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुग्न थालिसकेका छन् । तर उनीहरुसँग ठोस योजना छैन । नागरिकलाई पनि घरदैलोमा नेताहले अपेक्षा गरे जस्तो भेट्न सकेका छैनन् । वडा वडामा भेटघाट कार्यक्रम राजनीतिक दलले राखेका छन् तर पनि खासै नागरिकको सहभागिता देखिएको छैन । अर्को तर्फ…
महेन्द्रनगर । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको सोही दिन भित्र एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई अनेकन आश्वासन देखाएर बीमा गर्ने र कुनै भवितव्य पर्दाका बखतमा बीमा दावी भुक्तानीमा अनेकन बाहाना बनाएर रोक्ने प्रवृत्तिको जन गुनासो आइरहेको बेला सानिमा लाइफले भने चिरफाड गरि बीमितको मृत्यु भएको १५ दिन नपुग्दै तथा आवश्यक सम्पूर्ण कागजात बुझाएको सोही दिन दावी भुक्तानी गरेर उदाहरणीय काम गरेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–३ का स्व। दिपक ओडकि श्रीमती निलम…
लमजुङ । लमजुङमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालमा लमजुङ प्रदेशसभा ‘ख’बाट लडेका पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । उनी फेरि प्रदेशमै लड्न चाहन्थे । तर, अध्यक्ष केपी ओलीले उनलाई प्रतिनिधिसभाको टिकट थमाए । २०४८ सालयता देव चौथोपटक संसदीय चुनाव लड्न लागेका हुन् । २०४८ सालमा उनी संयुुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए । २०६४ सालको चुनावमा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जितेका थिए । उनले त्यतिबेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । त्यसपछि देव २०७४ सालमा…
बैतडी । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुगेका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताए । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिएका छन् । नेपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने उनले बताए । उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको…
रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले अहिले एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका कैलाश ढुंगेलले पिच भएको कालो सडक देख्ने बित्तिक्कै सबै मैले बनाएको हो भन्दै जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका छन् । शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले गेलुमा आयोजना गरेको चुनाबी सभामा आफ्नो भनाई राख्ने क्रममा उपसभापति कार्कीले अहिले भोट माग्न हिडेका कैलाश ढुंगेलले बर्षौ अघि देखि राज्यको लगानीमा पिच भएका पक्की सडक सबै आफूले बनाएको भनेर जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका हुन् । एमालेबाट रामेछाप प्रदेश सभा ९ख० मा उम्मेद्वार रहेका मिलन कुमार घिसिङले एउटा एनजिओ मार्फत समाज विकास गर्छु भन्दै करोडौ रकम झ्वाम पारेर अहिले…
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएकी छिन्। आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरेकी हुन्। उनले बुद्धको प्रतिमा अनावरण र विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताइन्। ‘हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व अझ बढ्न जाने मैले विश्वास लिएकी छु,’ उनले भनिन्। बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको…
उदयपुर । उदययपुरको कटारी नगरपालिका- १० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोरुङछबिसे मतदान केन्द्रमा प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो । गोली प्रहारबाट युवकको ज्यान गएपछि भएको सहमतिअनुरुप काम नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गर्ने चेतावनी दिएका हुन्। स्थानीय सोरुङछबिसे माध्यामिक विद्यालयको प्रांगणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीको गोलीले एक स्थानीय युवाको ज्यान गएको थियो भने अर्का स्थानीय घाइते भए । स्थानीयवासीले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र निर्वाचन पुनः गराउने माग गर्दै तीन दिनसम्म बाकस निकाल्न दिएनन् । खसेको मतपत्र सिल गरिरहेकै बेला भएको गोली प्रहारबाट…
किमाथाङ्का । अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत् गाडी तारिएको हो । तस्बिर : भविन कार्की /रासस