Author: सूचनापाना

रामेछाप । नेपाली काँगेस भित्र भालु मगरको प्रबेश गरेका छन ।मन्थली नगरपालिका वडा नं. १० चनखु नेकपा एमाले वडा कमिटीका अध्यक्ष समेत रहेका मगर चनखुका १ सय ३७ भन्दा बढि मानिसहरु लिएर काँग्रेस प्रवेश गरेको पार्टि उपसभापति लेख बहादुर कार्कीले जानरकारी दिए । गठबन्धनको चुनावी सभाका अबसरमा मगरलाई प्रतिनिधि सभा सदस्यका उमेद्वार एबं नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ (कन्छाराम) ले पार्टि भित्र स्वागत गरेका छन । मगर यहि बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा काग्रेस सँग पराजित भएका थिए । बिहिवार गठबन्धनको चिसापानी, पुरानागाँउ र चनखुमा चुनावी सभा कार्यक्रम भएको थियो ।

Read More

काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । असाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । हरिबोधिनी एकादशीका दिन…

Read More

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार दार्चुला जाने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी देश दौडाहको सुरुवात गर्न उनी चुच्चे नक्सामा समेटिएको भूमि दार्चुला जाने भएका हुन्। ओली भोलि दार्चुला जाने भएपछि सदरमुकाम खलंगाका मुख्य प्रवेशद्वार तथा कार्यक्रमस्थल झण्डा र व्यानरले सजाएर झकिझकाउ पारिएको छ। एमाले प्रचार विभाग प्रमुख खडक बडालका अनुसार पहिलो पटक दार्चुलाबाट सुरु हुन लागेको चुनावी सभालाई आकर्षक बनाउने तयारी गरिएको छ। ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यतालिका छ।

Read More

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई १५ वर्षसम्म कायम राख्ने इच्छा भएको बताएका छन्। बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीका असंवैधानिक कदम रोक्न बाध्यात्मक परस्थितिमा गठबन्धन बनेको उल्लेख गर्दैै १५ वर्षसम्म कायम गर्ने इच्छा व्यक्त गरेका हुन्। ‘हामीले केपी ओलीका असंवैधानिक कदम रोक्न बाध्यात्मक परस्थितिमा गठबन्धन गरेका थियौँ। संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ, ’ देउवाले भने। उनले ओलीले राष्ट्रपति भण्डारीलाई रातिको २ बजे उठाएर संसद भंग गरेको बताउँदै सबैको आग्रहमा प्रधानमन्त्री भएको जनाए। छिमेकी मुलुक चीन र भारतसँग लडेर नसकिने भएकाले मित्रता कायम गरेर अघि बढनुको विकल्प नभएको उनको भनाई…

Read More

काठमाडाैं । चर्चित व्यापारी दुर्गा प्रसाईंलाई पक्राउ गर्न माग गर्दै उजुरी परेको छ । प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राख्दै उजुरी परेको हो । प्रविन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदै दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान र कारवाही गर्न माग गरेका छन् । व्यवसायी प्रसाईंले झापामा रहेको अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएको आरोप लागेको छ। नक्कली धनीपूर्जाका आधारमा प्रसाईंले नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएका बताइएकाे छ।

Read More

जनकपुरधाम । चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक धनुषाबाट पक्राउ परेका छन् । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् । उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको हो । चौधरीले सेवाग्राहीसंग चार हजार रुपैयाँ घुस लिरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।

Read More

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई सो पार्टीले वाचापत्र भनेको छ ।  उक्त वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने शासकीय स्वरुपलाई अंगीकार गरेको छ । ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने,’ वाचापत्रमा उल्लेख गरिएको छ । राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने र राष्ट्रिय सभा अध्यक्ष पदेन उपराष्ट्रपति हुने सो पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ । राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने उल्लेख छ । कुनै पनि राजनीतिक दलमा नलागेको र राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रस्ताव…

Read More

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा ९ महिना उच्च हिमाली भेगमा बित्छ। घर खर्च चलाउनका लागि चौँरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन्। हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरीखर्कमा बिताउने गरेका छन्। यो समयमा उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ। पुस्तौँदेखि चौँरीपालन व्यवसाय गर्दै आएका शेर्पा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो। चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले ९ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन्।…

Read More

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान लागेका हुन् । बुधबार कैलालीको धनगढी पुगेका उनी आज दिउँसो साढे १२ बजे डडेल्धुराको अमरगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । देउवा चार दिन डडेल्धुरामा रहनेछन् । उनको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् । कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका…

Read More

काठमाडौं । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् । उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ । कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

Read More