Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
तनहुँको ब्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलबार साँझ एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६:३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनवलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोलीतर्फ परिचालन गरिएको बताए ।
रामेछाप । रामेछापको गोकुलगंगा ५ नामाडिको पासावारमा मंगलबार दिउसो भएको आगलागीमा परी एक घर जलेर नष्ट भएको छ । आगलागिबाट स्थानीय सिताराम तामाङको घर जलेर नष्ट भएको हो ।स्थानीय निरन्जि खड्काका अनुसार घरमा कोहि नभएको बेला उक्त आगलागि भएकोले सवै सामाग्री समेत नष्ट भएको छ । तामाङ विरामी छोरी लिएर उपचारका लागि नामाडि बजार आएको बेला घटना भएकाले आगलागीको कारण खुलेको छैन । तामाङका परिवारका ६ जना उक्त घरमा वसोवास गर्दै आएका थिए । घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का गरेर फर्केको खड्काले वताए । लागलागि पिडितको अर्को स्थानमा वसोवासको व्यवस्था नभएकोले तत्कालै अस्थायी वसोवासका लागि सवैले सहयोग गर्नुपर्ने अवस्था रहेको उनले…
रामेछाप । सत्ता गठवन्धनबाट आमागी मंसिर ४ मा हुने निर्वाचनका लागि घर दैलो गर्दै हिडेको नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारको पक्षमा जनलहर बढ्दै गएको छ । चुनावी प्रचारका लागि घर दैलो गर्दै मंगलबार रामेछाप नगरपालिका ३ देउरालीमा पुगेको गठवन्धनको टोलीलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।देउरालीमा कार्यकर्ता भेलाका लागि पुगेका नेताहरुलाई समेत आश्चर्य हुने गरी उमेदवारको पक्षमा जनसागर उर्लिएको छ । गाउँको टाढा टाढाबाट आफ्ना उमेदवार संग साक्षात्कार गर्नका लागि देउरालीबासी वडा कार्यालय नजिक भेला भएका थिए ।प्रतिसभा सदस्यका उमेदवार नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामांग (कान्छाराम) र प्रदेश सभा सदस्य १(१) का उमेदवार तारानारायण श्रेष्ठ सहितका नेताहरु…
नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्याउने दाबी गरिएको छ । ‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पु¥याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ । घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्याउने दाबी गरिएको छ । ‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २…
काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर थियो । बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँबानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका-६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ । गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चालक महाकाली–५ का हिमांशु शाही पनि दुर्घटनामा घाइते भएका र उनी आज जिल्ला अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले बताएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन । प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छन् । यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नर्सही गोकुलनगरका युवा हुन् । उनीहरूको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ । सुस्ता ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका युवाहरू ढुङ्गा चढेर फर्कँदै गर्दा दुर्घटनामा परेका हुन् । तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकनिक खान गएका सातमध्ये दुईजना हिँडेर फर्किएकाले डुङ्गामा पाँच जना थिए । दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन…
काठमाडाैं – साताको दोश्रो तथा काराेबारकाे पहिलाे दिन साेमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको हो । १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेकाे छ भने ६५ कम्पनीको मूल्य घटेको छ । साथै १० कम्पनी स्थिर रहे । १८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । डेभल्पमेन्ट बैंकबाहेक सबै कम्पनीहरूमा उकालाे लागेको छ…
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन् । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए । ‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्यसचिवसहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेको छ । त्यसका लागि माओवादीले नेतृत्व गर्छ,’ उनले भने । प्रचण्डले आफ्नो छोटो समयको प्रधानमन्त्रीत्वकालमा देशमा भ्रष्टाचार नभएको पनि दाबी गरे ।